मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्याद सकिएको घिउ बेचेपछि भाटभटेनीलाई १ लाख जरिवाना


जिल्ला प्रशासन कार्यालय ललितपुरले भाटभटेनी डिपार्टमेन्ट स्टोरलाई १ लाख रुपैयाँ जरिवाना गरेको छ ।

ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारसहितको टोलीले मंगलबार मानभवनस्थित कृष्णगल्लीमा रहेको भाटभटेनी, विग मार्ट र पुल्चोकको सेलवेज डिपार्टमेन्ट अनुगमन गरेको थियो ।

त्यसक्रममा म्याद सकिएको घिउ, अण्डा बिक्री गरेको पाइएपछि भाटभटेनीलाई एक लाख रुपैयाँ जरिवाना गरिएको सहायक प्रजिअ सुनुवारले जानकारी दिए ।

उनकाअनुसार विग मार्टले बिक्री गर्ने हरियो तरकारीमा कम तौल पाइएपछि १० हजार रुपैयाँ जरिवाना गरिएको छ । यस्तै, म्याद सकिएको बियर बिक्री गरेको भेटिएपछि दश हजार जरिवाना गरिएको छ ।