काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ गौरवको योजना अन्तर्गतबाट १५ हजार जनासम्मलाई तालिम दिने तयारी गरेको छ । उक्त योजना अन्तर्गतबाट विभिन्न ३३ क्षेत्रमा तालिम दिइने र ५ हजार जनालाई स्वरोजगार बनाउने उद्देश्य रहेको महानगरको सामाजिक विकास विभागले जनाएको छ ।
आर्थिक वर्ष २०८०/०८१ को बजेटमा महानगरले समावेश गरेको योजनालाई कार्यान्वयनमा ल्याउँदै महानगरको सामाजिक विकास विभागले गत महिना आवेदन दिन आह्वान गरेको थियो ।
संख्यात्मक रुपमा भने कम आवदेन प्राप्त भएको विभागले जनाएको छ । तालिम दिइने कतिपय क्षेत्रको तालिम दसैं अघि नै सुरु गर्ने योजना रहे पनि आवेदन न्यून संख्यामा प्राप्त भएकाले अब दसैंपछि नै तालिम दिइने विभागले जनाएको छ ।
विभिन्न ३३ क्षेत्रहरुसँग सम्बन्धित रहेर महानगरपालिकाले तालिम दिने विभागकी उद्यम विकास सहजकर्ता देवकी घिमिरेले जानकारी दिइन् । हालसम्म उक्त आवेदनमा केही संख्यामा आवेदन पनि प्राप्त भएको छ ।
महानगरले ५ हजार जनालाई स्वरोजगार बनाउने लक्ष्यका साथ यसपटक माग गरेको आवेदनमा १५ हजार जनासम्मले आवेदन दिन सक्ने घिमिरेले बताइन् । ‘हामीले यस पटकमा आवेदन मागेकोमा १५ हजार जनाले भर्न पाउनेछन् । मापदण्ड पुरा भएको हकमा हामी सबै जनालाई नै तालिम दिने छौं’ उनले भनिन् ।
महानगरको योजनाअनुसार आवेदन माग भएकोमा संख्यात्मक रुपमा उल्लेखनीय संख्यामा आवेदन प्राप्त भएमा दसैं अघि नै तलिम सुरु हुने लक्ष्य थियो । सफ्टवेयर विकासजस्ता कतिपय क्षेत्रमा दसैं अघि नै तालिम सुरु गर्ने भनिए पनि आवेदन प्राप्त नभएका कारण तालिम सुरु गर्न नसकिएको हो । अब भने दसैं पछि नै तालिम सुरु गर्ने योजना रहेको छ ।
महानगरले आफूले दिने तालिमका लागि आफैं परीक्षकहरु खटाउनेछ भने अन्यका लागि न्याथम र सीटीईभीटीजस्ता संस्थाहरुसँग सहकार्य गरेर दिने घिमिरेले बताइन् । प्रत्येक सिफ्टमा २० जनालाई तालिम दिइने र दिनभरमा विभिन्न सिफ्ट गरेर तालिम दिइनेछ । हरेक क्षेत्रको तालिम एकै पटक हुने भएकाले धेरैवटा तालिम केन्द्र तथा परीक्षकहरु पनि आवश्यक पर्ने भएकाले महानगरले त्यसका लागि विभिन्न ठाउँहरु खोज्ने र निकायहरुसँग सहकार्य गर्ने काम भइरहेको घिमिरेले बताइन् ।
तालिमका लागि प्राप्त हुने आवेदन र योग्यता पुग्नेको हकमा सम्पूर्णलाई तालिम दिने तयारी महानगरको छ । १५ हजार जनालाई नै पनि तालिम दिन सकिने घिमिरेले बताइन् । तर, प्राथमिकतामा भने महानगरबासी, महानगरमा व्यवसाय गरेर कर तिरेर बसिरहेका नागरिक, ल्याण्डफिल साइट प्रभावित र बहाल कर तिरेर बसेकाहरु रहेका छन् । नेपालभरका जसले पनि आवेदन दिन सक्ने घिमिरेले बताइन् ।
छनोट गरिएकाहरुलाई तालिमको क्षेत्रअनुसारको पाठ्यक्रमले तोकेको समयावधीका लागि तालिम महानगरले नै दिनेछ । त्यसपछि रोजगारदातासम्म पुग्नका लागि पनि महानगरले भूमिका खेल्ने घिमिरेको भनाइ छ ।
‘तालिम पाठ्यक्रमले तोकेअनुसार सुरु गर्ने हो,’ उनले भनिन्,‘क्षेत्रगत तालिम हुन्छन् । तालिम अवधि सकिएपछि रोजगारीमा पुग्नका लागि हामी पनि सहयोग गर्नेछौं ।’
कुन कुन क्षेत्रमा हुन्छ तालिम?
महानगरपालिकाले विभिन्न ३३ क्षेत्रमा तालिम दिनेछ । यी क्षेत्रहरु यस प्रकार रहेका छन् ।
१. प्रोफेसनल कम्प्युटर हार्डवेयर नेटवर्किंग तथा सिसिटिभी क्यामेरा जडान तथा मर्मत तालिम
२. सफ्टवेयर डेभलपमेन्ट तालिम
३. प्रोफेसनल इलेक्टिसियन एण्ड प्लम्बिंग तालिम
४. सिलाइ कटाइ तथा फेशन डिजाइनिङ तालिम
५. मोटरसाइकल रिपेयर मेन्टेनेन्स तालिम
६. रेन वाटर हार्भेस्टिङ तथा रिभर्स बोरिङ
७. कौसी खेति/ भर्टिकल फार्मिङ तालिम
८. हेभी इक्युपमेन्ट अपरेटर ( ब्याक हो लोडर एक्साभेटर ) तालिम
९. बारिस्ता तालिम
१०. बार टेण्डर, वेटर वेट्रिस तालिम
११. सम्पदा निर्माण तथा मर्मत तालिम
१२. मार्केटिङ, तथा डिजिटल मार्केटिङ तालिम
१३. ग्राफिक्स डिजाइन भिडियोग्राफी तथा भिडियो इडिटिङ
१४. टायल मार्वल फिटर तालिम
१५. एल्मुनियम, युपिभिसी फेब्रिकेशन तालिम
१६. टुरिज्म गाइड तालिम
१७. स्पा तथा थेरापी तालिम
१८. सेक्युरिटी गार्ड तालिम
१९. लघु उद्यम बिकास सहजकर्ता तालिम
२०. सहकारी ब्यवस्थापक तालिम
२१. जुत्ता बनाउने तालिम
२२. गरगहना बनाउने तालिम
२३. कन्ट्रक्सन लेवर तथा मिस्त्री तालिम
२४. लाइट भेहिकल मेन्टेनेन्स तालिम
२५. कार्पेन्टर तथा इन्टेरियर डिजाइनिङ तालिम
२६. हस्तकला तथा मुर्तिकला तालिम
२७. प्रोफेशनल अकाउन्टिङ तालिम
२८. तालिम सरसफाइ तथा माली तालिम
२९. ब्युटी पार्लर तथा सैलुन तालिम
३०. होम एप्लायेन्सेस मर्मत तालिम
३१. फास्ट फूड /चाइनिज/इन्डियन कुक तालिम
३२. रिसेप्सनिस्ट तथा क्यासियर तालिम
३३. अनलाइन जव तालिम
३४. अन्य तालिमहरु
आवश्यकता र माग भएको खण्डमा भने महानगरले अन्य पनि क्षेत्रमा तालिम दिने घिमिरेले बताइन् । महानगरले माग गरेको आवेदन दिनका लागि भने यो लिंकमा गएर दिन सकिन्छ ।
SHARE YOUR THOUGHTS