इजरायलमा १० नेपालीको मृत्यु: राष्ट्रिय शोक घोषणा* « Eglish Khabarhub

इजरायलमा १० नेपालीको मृत्यु: राष्ट्रिय शोक घोषणा*



काठमाडौं । इजरायलमा प्यालेस्टाइनी बिद्रोही समूह हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्युमा सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालीहरूको मृत्युमा शोक घोषणा गरेको हो ।

राष्ट्रिय शोक घोषणा गरि सरकारी निकाय, विदेशस्थित कुटनीतिक नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सरकारी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

स्वदेश आउन चाहने सबै नेपालीलाई उद्धार गर्ने सरकारले निर्णय गरेको छ । त्यस्तै सरकारले मृतकका परिवारलाई १० लाख रूपैयाँका दरले राहत दिने निर्णय गरेको छ ।

यसअघि त्रुटी भएकोमा सच्याइएको छ- सं

Publish on: