![](https://internal.appharu.com/wp-content/uploads/2023/10/rajkulo-768x509.jpg)
काठमाडौं । काठमाडौं महानगरपालिकाले राजकुलोको स्तरोन्नति गर्ने भएको छ । महानगरपालिकाको सार्वजनिक निर्माण विभागले काठमाडौं वडा नम्बर १४ मा रहेको राजकुलोको स्तरोन्नती गर्ने भएको हो ।
महानगरले राजकुलोको स्तरोन्नती गर्नका लागि कामख्या कन्स्ट्रक्सनलाई ठेक्का दिएको छ । महानगरपालिकाले उक्त कम्पनीलाई ३३ लाख ६४ हजार रुपैयाँमा ठेक्का दिएको हो ।
राजकुलो नेपालको राजधानी क्षेत्रको ऐतिहासिक सम्पदाको रुपमा मानिन्छ । परम्परागत रुपमा पानीको प्रयोग गर्नका लागि यो कुलो बनाइएको थियो । राजकुलोलाई मुलुकी देवानी संहिता, २०७४ को दफा २९९ ले सरकारी सम्पत्तिको रुपमा मानेको छ ।
SHARE YOUR THOUGHTS