![](https://internal.appharu.com/wp-content/uploads/2020/01/Shahid_Gangalal_National_Heart_Centre1.jpg)
काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले १३ जना कर्मचारी माग गरेको छ। अस्पतालले सर्जनदेखि प्रशासनसम्मका कर्मचारी मागेको हो ।
अस्पतालले शुक्रबार सूचना जारी गर्दै कार्डियाक सर्जन, कार्डियोलोजिस्ट, पिडियाट्रिक कार्डियोलोजिस्ट, एनेस्थेसिया रजिस्ट्रार, नर्स, परफ्युजन सहायक, ओभरसियर र प्रशासन उपसहायक पदका लागि दरखास्त आह्वान गरेको हो ।
मंसिर १४ गतेसम्म इच्छुक र योग्यता पुगेका उम्मेदवारले दरखास्त दिन सक्ने सूचनामा जनाइएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/11/1-744x768.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2023/11/2-scaled.jpg)
SHARE YOUR THOUGHTS