![](https://internal.appharu.com/wp-content/uploads/2023/05/gold3-768x406.jpg)
काठमाडौं । धनतेरसको दिन सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ ।
बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।
शुक्रबार प्रतितोला एक हजार रुपैयाँले बढेर १ लाख १४ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।
साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ ।
SHARE YOUR THOUGHTS