मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इन्धन अभावका कारण गाजामा संयुक्त राष्ट्संघका गतिविधि बन्द हुने अवस्थामा


एजेन्सी । प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघ एजेन्सीले सोमबार बताएअनुसार इजरायल र हमास बीच जारी द्वन्द्वका कारण इन्धनको अभावले युद्धग्रस्त गाजामा एजेन्सीका गतिविधि दुई दिन भित्र बन्द हुने चेतावनी दिएको छ ।

‘गाजामा मानवीय कार्य आगामी ४८ घण्टामा रोकिनेछ किनकि कुनै इन्धन गाजामा प्रवेश गर्न अनुमति छैन’, एजेन्सी गाजा प्रमुख थोमस ह्वाइटले ट्विटरमा लेखेका छन् ।

इन्धन अभावले यहाँ अस्पताल लगायत अत्यावश्यक सेवा प्रदायक निकायले समेत सेवा दिन नसक्ने विषम परिस्थिति सृजना भएको छ ।