एडीबीको सहयोगमा बनिरहेका तीन मुख्य सडकको काम सुस्त, थपिएको समयमा नसके ठेक्का तोड्ने चेतावनी « Eglish Khabarhub

एडीबीको सहयोगमा बनिरहेका तीन मुख्य सडकको काम सुस्त, थपिएको समयमा नसके ठेक्का तोड्ने चेतावनी


२६ पुस २०८०, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)को सहयोगमा स्तरोन्नति भइरहेका तीन मुख्य सडकको निर्माण कार्य सुस्त गति अगाडि बढेको छ । सरकारको मुख्य प्राथकिमतामा रहेको पूर्वपश्चिम राजमार्ग, नारायणघाट-बुटवल, काठमाडौं-मुग्लिङ-पोखरा र कञ्चनपुर-कमला सडकको स्तरोन्नति सुस्त गतिमा अगाडि बढेको पाइएको हो ।

सरकारको प्राथमिकतामा रहेको ती मार्गहरु समयमै सम्पन्न नहुँदा सर्वसाधारणहरुले सास्ती खेप्दै आइरहेका छन् ।

कोभिडलगायत विभिन्न कारणले गर्दा समयमै सडकको स्तरोन्नति हुन नसकेको ठेकेदार कम्पनीहरुको दाबी छ ।

सरकारले एडीबी र विश्व बैंकलगायतका दातृ निकायहरुको सहुलियत ऋण सहयोगमा स्तरोन्नति भइरहेका कतिपय सडक निर्माणका लागि तोकिएको अवधि समाप्त भइसकेको छ तर थप भएको समयमा पनि निर्माण सम्पन्न हुन नसक्ने देखिएको छ ।

एडीबीको आयोजना निर्देशनालय तोकिएको समयमा सडकको स्तरोन्नति हुन नसकेको स्वीकार गर्छ । निर्देशनालयका आयोजना निर्देशक चुडाराज ढकालले कोभिडले गर्दा तोकेको समयमा काम सम्पन्न हुन नसकेको बताए ।

उनले कोभिडलगायत विभिन्न समस्याले सोचेअनुसारको कार्य हुन नसकेको स्वीकार्दै अहिले भने तीब्र गतिमा काम अगाडि बढेको दाबी गरे ।

मासिक ४/५ प्रतिशत काम हुनुपर्ने भए पनि अहिले २ प्रतिशतको हाराहारी मात्रै काम भइरहेको उनको भनाइ छ ।

‘सडक स्तरोन्नति कोभिडसँगै विद्युत, खानेपानी, निर्माण सामग्री र ठेकेदारको समस्या देखिएको थियो,’ उनले भने, ‘अहिले सम्पूर्ण समस्याहरु विस्तारै समाधान हुँदै गएकाले आगामी दिनमा मासिक ४ प्रतिशतको हाराहारीमा काम हुनेछ ।’

सरकारले तोकेको अवधिमा सडकको स्तरोन्नति नगर्ने ठेकेदारलाई ठेक्का तोड्ने चेतावनी दिएको उनले बताए । ठेक्का तोड्ने चेतावनी दिएसँगै ठेकेदार कम्पनीहरुले समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको उनको भनाइ छ ।

एडीबीबाट पूर्वपश्चिम राजमार्गको नारायणघाट-बुटवल खण्डमा सन् २०१८ को डिसेम्बरमा ठेक्का व्यवस्थापन भएको थियो । त्यस्तै, कञ्चनपूर -कमला खण्ड सन् २०२० जुन र मुग्लिङ (आबुखैरेनी)–पोखरा सडकको पूर्वीखण्डको सन् २०२१ अप्रिल र पश्चिम खण्डको सन् २०२१ अगष्टमा ठेक्का व्यवस्थापन भई निमार्ण कार्य भइरहेको छ । तर, सम्झौताअनुसारको तोकिएको समय अवधिमा भने तीनवटै आयोजना सम्पन्न नहुने भएको हो ।

नारायणघाट–बुटवलको ४३ प्रतिशत मात्रै काम सम्पन्न

सरकारको मुख्य प्राथमिकतामा रहेका पूर्वपश्चिम राजमार्ग नारायणघाट-बुटवल सडक स्तरोन्नति कार्य भइरहेको छ । सन् २०१८ मा पूर्वीखण्ड निर्माण गर्न १२ अर्ब ३ करोड ४४ लाख रुपैयाँ र पश्चिम खण्डको निर्माणका लागि ९ अर्ब ७२ करोड २५ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । आयोजना निर्माणका लागि पूर्वखण्ड ९ अर्ब १३ करोड १८ लाख रुपैयाँ र पश्चिम खण्डको ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँमा आयोजना सम्पन्न गर्ने सम्झौता भएको थियो । आयोजना एम/एस चाइना इस्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले ठेक्का पाएर काम गरिरहेको छ ।

तर, तोकिएको समय अवधिभन्दा दुई वर्ष बढी समय बितिसक्दा पनि आयोजनाको काम आधा पनि सम्पन्न हुन सकेको छैन । सन् २०१८ को डिसेम्बरमा चिनियाँ ठेकेदार कम्पनीसँग २०२२ को अगस्टसम्ममा काम सम्पन्न हुने गरी सम्झौता भएको थियो । कोभिडले गर्दा कार्यमा असर पुर्‍याएको भन्दै सरकारले दुई वर्ष म्याद थप गरिएको थियो । उक्त म्याद सन् २०२४ को जुलाई २३ मा सकिँदै छ । तर, हालसम्म उक्त आयोजनाको ४३ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।

समयमै काम नसक्ने भएपछि ठेकेदार कम्पनीले म्याद थपका लागि आयोजना निर्देशनालयमा पत्र पठाएको निर्देशक ढकाल बताउँछन् । उनकाअनुसार म्याद थपका लागि पत्र आएकाले अनुगमन तथा छलफल गरी निर्णयको तयारी भएको छ ।

‘निर्माण व्यवसायीलाई तोकिएको समयमा काम सम्पन्न गर्न बारम्बार पत्राचार,बैठक, दुईपटक ठेक्का तोड्ने सम्मको चेतावनी पत्र तथा निर्माण व्यवसायीको केन्द्रीय कार्यालयलाई समेत के कति कारणले कार्य ढिलो भएको र के कसरी समयमै सम्पन्न गर्ने योजना छ भनि जवाफदेही बन्न र प्रतिबद्धता पेश गर्न पत्राचार गरीएको छ,’ उनले भने, ‘आगामी १५ महिनामा काम सम्पन्न गर्ने प्रतिबद्धता निर्माण व्यवसायीले पेश गरेको छ । यातायात सुचारु पार्न नियमित मर्मत सम्भार, पानी छर्कन र एक साईड (२) दुई लेन मात्रै भए पनि यो वर्षाद अगाडि सम्पन्न गर्न बाध्य पार्ने गरी प्रयास भइरहेको छ ।’

हालसम्ममा नारायणघाट–बुटवल सडक ११३ किलोमिटर मध्ये ७० किलोमिटर ४ लेन र २९ किलोमिटर ४ लेन + दुईतर्फ ६/६ मिटरको सर्भिसलेन, दाउन्नेमा १४ किलोमिटर ३ लेन, ६४ वटा पूल, ४३२ कल्भर्ट, १२९.१६ नाला, लगायत संरचना निर्माण गर्नुपर्नेछ । त्यसमध्ये हालसम्म ४० किलोमिटर २ लेन कालोपत्रे सडक, ३८ वटा पुल, २९५ वटा कल्भर्ट, ४८ बेस, २०.४१ थप सब बेस, ६० ड्रेन गरी ४३ प्रतिशत काम सम्पन्न भएको छ ।

गत चैतभन्दा अगाडि ५२ महिनामा कल्भर्ट २१९ वटा, पुल २९ वटा, सबबेस ३८.६३ किलोमिटर , बेस २३.४८ किमी, वाईडीन कोर्स ५.२९ किलोमिटर र अस्फाल्ट २०० मीटर मात्रै बनेको थियो भने हाल ९ महिनामा कल्भर्ट ७६ वटा, पूल ७ वटा, सववेस २२.५३ किलोमिटर , बेस २६.८२ किलोमिटर , बाईन्डीङ्ग कोर्स (कालोपत्रे) ३४.२७ किलोमिटर र अस्फाल्ट कंक्रिट ९.१ किलोमिटर सम्पन्न भएको निर्देशनालयले जनाएको छ ।

मुग्लिङ(आबुखैरेनी)– पोखरा सडकको ४४ प्रतिशत कार्य सम्पन्न

सन् २०२१ को मेमा स्तरोन्नतिका लागि सम्झौता भएको मुग्लिङ–(आबुखैरेनी)– पोखरा सडकको ४४ प्रतिशत कार्य सम्पन्न भएको छ । सरकारले मुग्लिङ–पोखराको पूर्वखण्ड ८ अर्ब ८१ करोड ५२ लाख रुपैयाँ र पश्चिम खण्ड ११ अर्ब ३९ करोड ९२ लाख रुपैयाँ लागत अनुमान गरेको थियो । त्यसमा पूर्वी खण्ड ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँ र पश्चिम खण्ड ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा निर्माण गर्ने गरी चीनको एम/एस चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीले सम्झौता गरेको थियो ।

सम्झौताअनुसार उक्त आयोजनाको स्तरोन्नति सन् २०२४ को २८ अगष्टमा सम्पन्न हुनुपर्ने थियो । तर, आयोजनाको काम अघि नबढ्दा तोकिएको समयमा आयोजना सम्पन्न नहुने भएको छ ।

यस्तै मुग्लिङ(आबुखैरेनी)– पोखरा सडक खण्डको ८०.३३ किलोमिटर मध्ये पूर्वी खण्डमा २० किलोमिटर (२ लेन) कालोपत्रेसहित ४४ प्रतिशत काम सम्पन्न भएको छ । विगत चैत अगाडि २२.७ प्रतिशत मात्रै सम्पन्न भएको थियो । सो सडकको ६०.२४ किलोमिटर ४ लेन र २०.०९ किलोमिटर ४ लेन + दुई तर्फ ६/६ मिटरको सर्भिसलेन, २९ वटा पूल, २८१ कल्भर्ट, नाला, लगायत संरचना निर्माण गर्नुपर्नेमा हाल सम्म २० किमी २ लेन कालोपत्रे सडक, १७ वटा पुल, १९० वटा कल्भर्ट, २४ किलोमिटर बेस, २७ किलोमिटर सब बेस, करिब १४ किलोमिटर ड्रेन गरी २७.४८ प्रतिशत काम सम्पन्न भएको छ ।

गत चैतभन्दा अगाडि करिब २१ महिनामा १३.४८ प्रतिशत काम भएको थियो जसमा कल्भर्ट १०६ वटा पुल ८ वटा, सबबेस ३.५ किलोमिटर , बेस ८ किलोमिटर , वाईडीन कोर्स किमी र अस्फाल्ट भएको थिएन ।

हाल ९ महिनामा १४ प्रतिशत काम भएको छ जसमध्य कल्भर्ट ८४ वटा, पूल ९ वटा, सववेस २३.५ किलोमिटर , बेस २४ किलोमिटर , बाईन्डीङ्ग कोर्स (कालोपत्रे) २० किलोमिटर र अस्फाल्ट कक्रिट ४ किलोमिटर सम्पन्न भएको छ ।

पश्चिम खण्डको ठेक्का तोड्ने चेतावनी पश्चात निर्माण व्यवसायीको मुख्य कार्यालयको प्रतिनिधि आइ प्रत्येक ३ महिनामा ५ किलोमिटर एकातर्फ (२ लेन) कालो पत्रे गर्ने र २०२५ डिसेम्बर सम्ममा सबै काम सम्पन्न गर्ने तालिका सहित प्रतिबद्धता पेश गरेको ढकाल बताउँछन् ।

उक्त प्रतिबद्धता बमोजिम काम हुन नसकुन्जेल भुक्तानी नै नदिँदा पनि हुने गरी लिखित गरेकोले बिगत १९ महिनामा ५.७५ प्रतिशत रहेको प्रगति ९ महिनामा करिब ८ प्रतिशत बढेर १३.६२ प्रतिशत भएको उनको भनाइ छ । साथै, आगामी फ्रेब्रअरीसम्ममा ५ किमी कालो पत्रे गर्ने तयारी गरिरहेको निर्देशनालयले जनाएको छ ।

कञ्चनपुर–कमला सडकको ४१.४७ प्रतिशत कार्य सम्पन्न

त्यस्तै, कञ्चनपुर–कमला सडकको हालसम्ममा ४१.४७ प्रतिशत कार्य सम्पन्न भएको छ । सन् २०२३ को अक्टोबरमा सम्पन्न गर्ने गरी सम्झौता भएको आयोजनाको हालसम्ममा ४१.४७ प्रतिशत काम सम्पन्न भएको निर्देशनालयले जनाएको छ । समयमै कार्य सम्पन्न नभएपछि सन् २०२४ को डिसेम्बरसम्मका लागि आयोजनाको म्याद थप गरिएको छ ।

पूर्वी खण्ड ७ अर्ब २७ करोड रुपैयाँ र पश्चिम खण्ड ८ अर्ब ३८ करोड ९९ लाख रुपैयाँमा सन् २०२० मा सम्झौता भएको आयोजना एम÷एस चाइना रेलवे नम्बर–२ इन्जिनियरिङ ग्रुपले निर्माण गरिरहेको छ ।

हालसम्म कञ्चनपूर – कमला सडक ८६.८३ किलोमिटर मध्ये ७०.३३ किलोमिटर ४ लेन र १६.५० किलोमिटर ४ लेन + दुई तर्फ ६÷६ मिटरको सर्भिसलेन, ५४ वटा मेजर पूल, २१८ कल्भर्ट, ७४.९६ किलोमिटर ड्रेन, बस स्टेन्ड, निर्माण गर्नुपर्नेमा हाल सम्म २०.१२ किलोमिटर २ लेन कालोपत्रे सडक, २०५ वटा कल्भर्ट, २७.१७ किलोमिटर बेस (२ लेन), ७४.४१ किलोमिटर सब बेस, १९.०८ किलोमिटर ड्रेन गरी ४१.४७ प्रतिशत काम सम्पन्न भएको छ ।

हाल ९ महिनामा कल्भर्ट ३० वटा, सववेस ४८.४१ किलोमिटर सब बेस, २७.१७ किलोमिटर बेस (२ लेन), २०.१२ किलोमिटर बाईन्डीङ्ग कोर्स (२ लेन) र १७.४२ किलोमिटर (२ लेन) अस्फाल्ट कक्रिट गरी १२.०९ प्रतिशत सम्पन्न भएको छ ।

आयोजनामा देखिएको समस्या समाधान भइसकेको छ, तीब्र गतिमा अगाडि बढ्छः मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायात विकासमन्त्री प्रकाश ज्वालाले विगतको दिनमा तीब्र गतिमा काम नभएको स्वीकार्दै अबका दिनमा समयमै सम्पन्न गर्नका लागि दबाब दिइरहेको बताए ।

मन्त्री ज्वालाले विगतको दिनमा देखिएको विद्युत, टहरा हटाउने तथा रुख कटानको समस्याले आयोजनामा बाधा पुर्याएको थियो । तर, अहिले उक्त समस्याहरु बाधा नभएकाले काम गर्ने क्षमताको अनुपात बढेको बताए ।

उनकाअनुसार मन्त्रालयले ठेकेदार कम्पनीसँग छलफल, सहकार्य र अनुमगन गरी समयमै सकाउनका लागि दबाब दिइरहेको छ । कतिपय ठेकेदारलाई ठेक्का तोड्ने चेतावनी दिएकाले दबाबमा काम अगाडि बढिरहेको उनको भनाइ छ ।

मन्त्री ज्वालाअनुसार अहिले पनि ठेकेदारमा भने सामग्री व्यवस्थापनका समस्या आइरहेको छ । उक्त समस्या समाधानका लागि सरकारले विभिन्न तवरबाट प्रयास गरिरहेको उनले जानकारी दिए ।

‘अहिले धेरै स्थानहरुमा सडकको स्तरोन्नतीको भइरहेको छ । सरकारले प्राथमिकतामा राखेर सिंगो सडक कालोपत्रे गर्नेभन्दा एक साइडको दुई लेन सम्पन्न गरेर मात्रै अर्को साइडको काम अगाडि बढाउने योजना बनाएको छ,’ मन्त्रीले भने ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार ००:००  ५ : ४५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping