![](https://internal.appharu.com/wp-content/uploads/2024/01/natak.jpg)
काठमाडौं । तामाङ समुदायको कथा बोकेको नाटक ‘मासिन्या’ मञ्चन हुने भएको छ ।
थापागाउँस्थित मण्डला थिएटरमा माघ ११ देखि २८ गतेसम्म नाटकको मञ्चन हुने लेखक राजु स्याङ्तानले बताए । नाटकको निर्देशन तथा परिकल्पना बुद्धि तामाङ र सोनाम लामाले गरेका छन् ।
तामाङ जातिले भोगेको पीडा र संघर्षको कथा नाटकमा समेटिएको छ । नाटकको कथालाई राबत, स्याङ्तान र लक्ष्मी रुम्बाले लेखेका हुन् ।
नाटकले तामाङ समुदायको मुद्दालाई उठान गरेको निर्देशक बुद्धिको भनाइ छ । उनका अनुसार तामाङको पीडादायी कथासँगै नाटकमा तामाङ जीवनको सौन्दर्य, लय, डम्फू संस्कृति र परिवेशलाई चित्रण गरिएको छ । नाटकको माध्यमबाट तामाङ समुदायलाई नजिकबाट बुझ्न सघाउ मिल्ने नाटक समुहको विश्वास छ ।
अहिले बौद्ध चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङको हलमा रिहर्सल जारी रहेको नाटकमा सुनिल तामाङ, रविन दोङ, रमिला मोक्तान लगायतका कलाकारहरुको अभिनय गरेका छन् ।
SHARE YOUR THOUGHTS