![](https://internal.appharu.com/wp-content/uploads/2018/08/death-sign.jpg)
काठमाडौं । काठमाडौंको कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका प्रहरी नायव निरीक्षक (सई) टोबहादुर खत्रीको मृत्यु भएको छ ।
फागुन २० मा जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए । घाइते खत्रीलाई उपचारका लागि माइतीघरस्थित अन्नपुर्ण न्यूरो अस्पताल लगिएको थियो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार खत्रीको उपचारका क्रममा निनधन भएको हो । दुर्घटना गराउने बसका चालक नवराज गिरीलाई प्रहरीले ‘सवारी ज्यान’ सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
SHARE YOUR THOUGHTS