![](https://internal.appharu.com/wp-content/uploads/2024/03/dhuwani-transport-768x332.jpg)
काठमाडौं । देशभरका ढुवानी व्यवसायीहरुको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको छैठौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभा यही चैत ३ गते शनिवार काठमाडौंको होटल दुसित प्रीन्सेस लाजिम्पाटमा हुने भएको छ ।
साधारण सभाको उद्घाटन कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरिको प्रमुख आतिथ्यमा हुने महासंघका महासचिव अरुणकुमार श्रेष्ठले बताए ।
महाधिवेशन तथा वार्षिक साधारणसभामा देशभरबाट तीन सय भन्दा ढुवानी व्यवसायी तथा प्रतिनिधिहरुको सहभागीता रहने र कार्यक्रमको सम्पूर्ण तयारी अहिले अन्तिम चरणमा पुगेको महासचिव श्रेष्ठले जानकारी दिए।
राष्ट्र निर्माणको आधार , सुरक्षित ढुवानी समृद्ध व्यापार भन्ने नारालाई आत्मसात गरेर देशभरका ढुवानी व्यवसायीहरुलाई एकीकृत गर्ने र व्यवसायीहरुको समस्याका साथै हकहित संरक्षण गर्ने उद्देश्यका साथ २०६५ सालमा ढुवानी व्यवसायी महासंघ नेपालको स्थापना भएको हो अहिले महासघका १८ वटा स्थानीय संस्थाहरु समेत आवद्ध रहेका छन् ।
छैठौं महाधिवेशन तथा १५ औ वार्षिक साधारणसभाबाट ढुवानी व्यवसायी महासंघ नेपालको नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वको कार्यकाल तीन वर्षको हुनेछ ।
छैठौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभामा देशभरबाट ढुवानी व्यवसायीहरुका साथै अन्य संघ सस्थाका प्रतिनिधि उद्योगी व्यवसायीहरुको समेत सहभागीता रहने महासंघले जनाएको छ। वार्षिक साधारणसभामा ढुवानी व्यवसायी महासंघ र गण्डकी विश्वविद्यालय बीच ढुवानी क्षेत्रको सम्भावना समस्या र समस्या समाधानका लागि अध्ययन गर्ने सम्झौता पत्रमा हस्ताक्षर पनि हुनेछ ।
SHARE YOUR THOUGHTS