![](https://internal.appharu.com/wp-content/uploads/2020/07/singhadurbar-clean-photo-1.jpg)
काठमाडौं । आइतबार दिउँसोदेखि सिंहदरबारमा लोडसेडिङ भएको छ । लाइन फल्ट भएर पूरै सिंहदरबार ब्ल्याक आउट भएको हो ।
सिंहदरबारका सबै मन्त्रालयसहित सर्वोच्च अदालत, जिल्ला अदालत, जिल्ला समन्वय समितिलगायतमा समेत लाइन गएको छ ।
‘हामीले समस्या पत्ता लगाएर काम गरिरहेका छौं । म आफै खटिएको छु । एकछिनमा फेरि लाइन आइहाल्छ, ‘ प्राधिकरणका एक इन्जिनियरले भने, ‘प्राविधिक समस्या आइहाल्छ । यसलाई ठूलो विषय मान्नुपर्दैन ।’
SHARE YOUR THOUGHTS