![](https://internal.appharu.com/wp-content/uploads/2024/04/nishan-and-richa-768x403.png)
काठमाडौं । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच सम्बन्धबिच्छेद भएको छ । केही समययता सम्बन्धमा समस्या देखिएपछि भट्टराई र न्यौपानेले आपसी सहमतिमै सम्बन्ध टुंग्याएका हुन् ।
२०७७ सालमा यी दुईबीच बिबाह भएको थियो । चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले भट्टराई र न्यौपानेबीच सम्बन्धबिच्छेदको आदेश दिएको हो ।
दुई वर्षको प्रेम सम्बन्धपछि उनीहरुले कोर्ट म्यारिज गरेका थिए । निशान भट्टराई नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप भएका थिए । ऋचा भने मोडलिङ पेशामा आबद्ध छिन् ।
उनीहरुबीचको सम्बन्धमा २०७९ को मध्यतिरै दरार आएको थियो ।
दुवैले सामाजिक सञ्जालमा एकअर्कालाई अनफलो गरेका थिए भने एकअर्कासँगको तस्वीर पनि डिलिट गरेका थिए ।
ऋचाले इन्स्टाग्राममा निशानलाई अनफलो गरेकी थिइन् । उनको अकाउन्टमा बिहे र निशानसँगका तस्वीर गायब भएका थिए । निशानले आफ्नो आधिकारिक फेसबुकबाट पनि ऋचासँगका र बिहेका तस्वीर हटाएका थिए ।
SHARE YOUR THOUGHTS