पेट्रोल र एलपी ग्यासबाहेक इन्धनको मूल्यमा हेरफेर, यस्तो छ नयाँ मूल्यसूची « Eglish Khabarhub

पेट्रोल र एलपी ग्यासबाहेक इन्धनको मूल्यमा हेरफेर, यस्तो छ नयाँ मूल्यसूची


१८ बैशाख २०८१, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातदेखि लागू हुनेगरी डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटबढ गरेको हो ।

भारतबाट पेट्रोल र डिजलको मूल्य घटेर तथा हवाइ इन्धनको भाउ बढेर आएपछि निगमले मूल्य समायोजन गरेको बताइएको छ ।

नयाँ मूल्यसूचीअनुसार डिजल र मट्टीतेलको भाउ प्रतिलिटर २ रूपैयाँले घटाइएको छ भने हवाई इन्धनको आन्तरिकतर्फ प्रतिलिटर १ रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति एकहजार लिटर ७ अमेरिकी डलरले बढेको छ ।

अब डिजल र मट्टीतेलको मूल्य काठमाडौंमा प्रतिलिटर १५९ रूपैयाँ पर्नेछ भने हवाई इन्धनको आन्तरिकतर्फ प्रतिलिटर १३७ रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ १.०४२ डलर पर्नेछ ।

भारतबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजलको भाउ लिटरको २ पैसा र २ रूपैयाँ ४५ पैसाले घटेको छ भने हवाई इन्धनमा निगमले इन्डियन आयल कर्पोरेसनलाई प्रतिलिटर १ रूपैयाँ १८ पैसा महँगो तिर्नुपर्नेछ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार ००:००  ९ : ०८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping