युरोप, अमेरिका लगायतका देशमा रोजगारी भन्दै ठग्ने क्रम बढ्यो: श्रम मन्त्रालय « Eglish Khabarhub

युरोप, अमेरिका लगायतका देशमा रोजगारी भन्दै ठग्ने क्रम बढ्यो: श्रम मन्त्रालय



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकले तोकिएको सुरुल्कभन्दा बढी रकम नदिन आग्रह गरेको छ । मन्त्रालयले आज सूचना जारी गर्दै कोही कसैको प्रलोभनमा परी विना प्रमाण तोकिएको सुरुल्क भन्दा बढी रकम नदिन आग्रह गरेको हो ।

मन्त्रालयले वैदेशिक रोजगारीका क्रममा हुन सक्ने ठगीबाट बच्न वैदेशिक रोजगारीमा जाने प्रक्रिया सुरुरु गर्नु अगाडि इजाजतपत्र प्राप्त संस्था मार्फत प्रक्रिया अगाडि बढाउनसमेत आग्रह गरेको छ ।

‘कुनै पनि संस्था इजाजतपत्र प्राप्त हो वा होइन र वैदेशिक रोजगारको लागि पूर्व स्वीकृति लिएको छ वा छैन भनि वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत एकीन गर्न र कोही कसैको प्रलोभनमा परी विना प्रमाण तोकिएको शुल्क भन्दा बढी रकम नदिन र वैदेशिक रोजगारी प्रयोजनका लागि तोकिएको सेवा सुरुल्क संस्थाको वैंक खातामार्फत मात्र बुझाउन अनुरोध छ,’ जारी सूचनामा उल्लेख छ ।

त्यसैगरी मन्त्रालयले आवश्यक सूचना, जानकारी, गुनासो एवम् उजुरीका लागि श्रमाधान कल सेन्टर मार्फत वा प्रत्यक्ष रुपमा मन्त्रालय वा मन्त्रालय अन्तर्गतका निकायहरुमा सम्पर्क गर्न आग्रह गरेको छ ।

सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गराउन आवश्यक नीतिगत, कानूनी एवम् संस्थागत प्रबन्ध गरी यस क्षेत्रमा हुने ठगी नियन्त्रण गर्न अधिकतम प्रयास गरिरहेको छ ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४३ बमोजिम कुनै पनि व्यक्ति वा संस्थाले इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा वा कसैलाई वैदेशिक रोजगारमा लगाईदिन्छु भनी झुट्टो आश्वासन दिई वा प्रलोभन देखाई कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको ५० प्रतिशतले हुने रकम हर्जनावापत असूल गर्ने व्यवस्था छ ।

कुनै व्यक्तिलाई विदेश जान र आउन लागेको खर्च समेत भराई निजलाई ३ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना र ३ वर्षदेखि ७ वर्षसम्म कैद सजाय हुने कानूनी व्यवस्था रहेको छ ।

कानूनी व्यवस्थाका बाबजुत वैदेशिक रोजगारीमा जान इच्छुक नेपाली नागरिकहरुलाई आकर्षक रोजगारीको प्रलोभन देखाउने, युरोप, अमेरिका, जापान, कोरिया, इजरायल लगायतका देशहरुमा रोजगारीको अवसर छ भनि सामाजिक सञ्जालहरुमा भ्रामक सूचना प्रेषित गर्ने र आम नागरिकमा भ्रम सिर्जना गरी आर्थिक रुपमा ठगी गर्ने गरेको समेत पाइएको मन्त्रालयको भनाइ छ ।

वैदेशिक रोजगारीमा जानका लागि हाल तीन प्रकारका विधि रहेकाले सोहीअनुसार विदेश जान सरकारले आग्रह गरेको छ ।

Publish on: