![](https://internal.appharu.com/wp-content/uploads/2017/12/loadshedding.jpg)
काठमाडौं । काठमाडौंका यी विभिन्न क्षेत्रमा चार दिन बिजुली अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले सूचना जारी गर्दै विद्युत लाइन अवरुद्ध हुनेबारे सूचना जारी गरेको छ ।
प्राधिकरणले रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि नयाँबजार फिडर, क्षेत्रपाटी भीमसेनस्थान र त्रिपुरेश्वर फिडरअन्तर्गत बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्यतु सेवा अवरुद्ध हुने छ ।
विद्युत् वितरण लाइन भूमिगत गर्नको लागि जेठ ३, ५, ६ र ८ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सेवा अवरुद्ध हुने विद्युत् प्राधिकरणले जनाएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/05/bidhur-abarudhha.jpg)
SHARE YOUR THOUGHTS