काभ्रेपलाञ्चोक । काभ्रेको साँगामा ६ वटा सवारी साधन दुर्घटनामा परेका छन् ।
बुधबार अपराह्न साँगाबाट बनेपातर्फ गइरहेका सवारी ठोक्किँदा २ जना घाइते भएका छन् ।
एकै दिशातिर गइरहेका सवारी ठोकिएका हुन् । दुर्घटनामा मोटरसाइकल र स्कुटर चालकसमेत घाइते भएका छन् ।
बनेपातर्फ गइरहेका एक मोटरसाइकल, एक स्कुटर, २ कार, १ बोलेरो गाडी र एक मालवाहक ट्रक दुर्घटना भएका हुन् ।, उनले पछाडिबाट गइरहेको मालवाहक ट्रकले ठक्कर दिँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
SHARE YOUR THOUGHTS