![](https://internal.appharu.com/wp-content/uploads/2024/06/gold_sun-768x403.png)
काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ ।
मंगलबार सुनको मूल्य तोलामा ९ सयले घटेर १ लाख ४४ हजार एक सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि सोमबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजारमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ सयमा खरिदबिक्री भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । चाँदी आज प्रतितोला ५ रुपियाँ घटेर १८८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
SHARE YOUR THOUGHTS