![](https://internal.appharu.com/wp-content/uploads/2023/11/saradsing-bhandari-768x403.png)
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बाट मन्त्रीको टुंगो लागेको छ । लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्ने टुंगो लागेको हो।
उनी श्रम तथा सामाजिक सुरक्षामन्त्री बन्ने निश्चित भएको लोसपा स्रोतको भनाइ छ । यसअघि माओवादी कांग्रेस गठबन्धनका बेला पनि उनी श्रममन्त्री थिए । माओवादीले एमालेसँग गठबन्धन गरेपछि डोलप्रसाद अर्यालले उक्त मन्त्रालय सम्हालेका थिए भने भण्डारी फेरि सोही मन्त्रालय फर्किन लागेका हुन् ।
SHARE YOUR THOUGHTS