![](https://internal.appharu.com/wp-content/uploads/2020/11/Jaribana-1.jpg)
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानुन विपरित वस्तु वा सेवाको अधिकतम बिक्री मूल्य नतोक्ने निर्देशन दिएको छ ।
विभागले आइतबार विज्ञप्ति जारि गर्दै उत्पादक वा वितरक संघ संगठनले कानुनको परिधिभित्र रहेर मात्रै अधिकतम मूल्य निर्धारण गर्न निर्देशन दिएको हो ।
विभागका प्रवक्ता राकेश पाण्डेका अनुसार उत्पादन तथा वितरण गर्ने वस्तु वा सेवाको मूल्य प्रचलित कानुनको अधिनमा रहेर उत्पादन, संकलन, प्रशोधन तथा वितरणको लागि लाग्ने वास्तविक लागत(करसमेत) आवश्यक मुनाफा राखेर अधिकतम मूल्य निर्धारण गर्न निर्देशन दिइएको हो ।
SHARE YOUR THOUGHTS