![](https://internal.appharu.com/wp-content/uploads/2024/07/ramchandra_raya.png)
काठमाडौं । २०५४ सालमा राप्रपाबाट नेपाल सरकारको भूमि व्यवस्था राज्यमन्त्री रहेका रामचन्द्र रायको आफ्नै घरमा काम गर्ने युवकबाट हत्या भएको प्रहरी अनुसन्धानमा खुलेको छ । सरलाहीको चन्द्रनगर गाउँपालिकामा उनको हत्या भएको खुलेको हो ।
८० वर्षीय रायको गत आइतबार हत्या भएको थियो । हत्यापछि मधेस प्रहरीको टोली घटनाको छानबिन गर्न खटिएको थियो । अभियुक्त रामउजैन रायले हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको हो । हत्याको कारण व्यक्तिगत रिसइबी बताइए पनि यसबारे विस्तृतमा खुलाइएको छैन ।
२४ वर्षीय अभियुक्त रायले हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् । अभियुक्त युवकले कपडाहरु पनि लुकाएर राखेको र त्यसमा रगत लतपतिएको प्रहरीले छानबिनको क्रममा पत्ता लगाएको थियो ।
SHARE YOUR THOUGHTS