![](https://internal.appharu.com/wp-content/uploads/2024/07/kp-oli-saury.png)
काठमाडौं । प्रधानमन्त्री केपी ओली सौर्य एयरको जहाज दुर्घटनाबारे जानकारी लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् ।
घाइतेको उद्धार गरी अस्पताल लगेपछि र मृतकको शव निकालिएपछि प्रधानमन्त्री ओली बुधबार दिउँसो घटनास्थल पुगेका हुन् ।
यसअघि नै गृहमन्त्री रमेश लेखकसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख तथा उच्च अधिकारीहरु घटनास्थल पुगिसकेका थिए ।
बुधबार बिहान ११ बजे काठमाडौंबाट पोखराका लागि उड्न लागेको सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ भने पाइलट घाइते भएर उनको अस्पतालमा उपचार भइरहेको छ ।
SHARE YOUR THOUGHTS