काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
बुधबार विहान ११ बजेर ११ मिनेटमा काठमाडौंबाट पोखरा उडेको सौर्य एयरको विमान उड्नासाथ दुर्घटनामा परेको थियो ।
दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने विमानका पाइलटको अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको जनाइएको छ । जहाजमा सवार मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको हो । मनुराज र प्रिजा श्रीमान्-श्रीमती हुन् भने अधिराज उनीहरूका छोरा हुन् ।
पारिवारिक स्रोतका अनुसार मनुराज प्राविधिक हुन् । सौर्य एयरले विमानमा कर्मचारीहरु सवार रहेको जनाएको छ ।
मनुराजकी श्रीमती प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत रहेको बताइएको छ। प्राविधिक मनुराज पोखरा जाने भएपछि पत्नी बच्चासहित सँगै जान लागेकी थिइन् ।
SHARE YOUR THOUGHTS