![](https://internal.appharu.com/wp-content/uploads/2024/07/saury-shakya-768x403.png)
काठमाडौं । सौर्य एयर दुर्घटनामा जीवितै उद्धार गरिएका पाइलट मनिषरत्न शाक्यको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचाररत छन् ।
बुधबार काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । दुर्घटना स्थलबाट ३७ वर्षीय पाइलट शाक्यलाई सकुसल उद्धार गरिएको थियो ।
उनको अहिले केएमसीमा आईसीयूमा उपचार भइरहेको छ । शाक्यको अवस्था सामान्य बन्दै गएको र उनी खतरामुक्त रहेको अस्पताल स्रोतको भनाइ छ । शाक्यले परिवारसँग भेटघाट र बोलचाल गरिरहेका छन् ।
उनको मेरुदण्डको हड्डीमा चोट लागेको देखिएको छ भने टाउकोमा पनि घाउँ छ । टोक लागेको स्थानमा बुधबार टाँका लगाइएको छ । उनी अझै केही दिन अस्पतालमै रहने छन् ।
उनको स्वास्थ्य अवस्था बुझ्न बुधबार राति प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका थिए ।
SHARE YOUR THOUGHTS