![](https://internal.appharu.com/wp-content/uploads/2024/07/dhobikhola-1.png)
काठमाडौं । काठमाडौंको धोबीखोलास्थित बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द गरिएको छ । केही दिन यतादेखिको वर्षाका कारण धोबीखोलामा बढेको पानीको बहावले काठमाडौं महानगरपालिका–१० र वडा नं ११ जोड्ने उक्त पुल चर्किएपछि आवागमन बन्द गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनले भने, ‘वर्षाका कारण धोबीखोलामा पानी बढेकाले पुल चर्किएको छ, पुलबाट आवतजावत गर्दा जोखिम हुने भएपछि आवागमन बन्द गरिएको हो ।’
SHARE YOUR THOUGHTS