![](https://internal.appharu.com/wp-content/uploads/2024/08/hundai-768x359.jpg)
काठमाडौं । हुन्डाइ गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैं-तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाइ फेस्टिभ डिलाइट २०८०’ का विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ।
उक्त अफरका विजेता कुपन नम्बर ५३ का सुनसरीका ईन्द्र प्रसाद गुरागाइँलाई लक्ष्मी हुन्डाइका विक्री प्रतिनिधिले हुन्डाइ एक्स्टर, नक्सालस्थित हुन्डाइ सोरुममा आयोजित कार्यक्रममा पुरस्कार हस्तान्तरण गरेका हुन्।
उक्त अफर अन्तर्गत हरेक नयाँ हुन्डाइ गाडीको खरिदमा ग्राहकहरूले ६ लाख रुपैयाँसम्मको नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्डमार्फत थप एक लाखसम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्की ड्र मार्फत एक जना विजेतालाई हुन्डाई एक्स्टर जिने मौका थियो ।
हुन्डाइ नेपालको फेसबुकबाट लक्की ड्र मार्फत २०८१ असार ३१ गते ११ बजे यस अफरको विजेता घोषणा गरिएको थियो । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरुको आवश्यकता र रुचीलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको कम्पनीको भनाइ छ ।
SHARE YOUR THOUGHTS