क्वाँटी पर्व: वर्षमा २१ अर्ब रुपैयाँको गेडागुडी खान्छन् नेपाली, क्यानडाबाट सबैभन्दा धेरै आयात « Eglish Khabarhub

क्वाँटी पर्व: वर्षमा २१ अर्ब रुपैयाँको गेडागुडी खान्छन् नेपाली, क्यानडाबाट सबैभन्दा धेरै आयात

९ प्रकारका गेडागुडी मिसाएर बनाइन्छ क्वाँटी, धेरै नखान विज्ञको सुझाव


३ भाद्र २०८१, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । आज जनै पूर्णिमा । यस दिन तागाधारीहरुले जनै र रक्षाबन्धन तथा तराई/मधेशमा राखी बाँध्ने परम्परा रहेको छ । आजकै दिन क्वाँटी खाने प्रचलन गरेको छ । विभिन्न ९ प्रकारका गेडागुडीलाई भिजाएर टुसा उमारेर पोषिलो क्वाँटी खाने प्रचलन रहेको छ ।

नेपालमै उत्पादन सम्भव भएका यस्ता गेडागुडीमा पनि नेपाल अन्य देशसँग निर्भर हुँदै आएको छ । विभिन्न मुलुकबाट आयात गरि नेपालीले चाडपर्वको परम्परा धान्दै आएको पाइन्छ । क्वाँटीको रुपमा प्रयोग हुने गेडागुडी भारतसहित तेस्रो मुलुकबाट नेपालमा आयात हुन्छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा २१ अर्ब ४ करोड १८ लाख रुपैयाँबराबरको २ लाख १९ हजार १ सय ७७ टनको हाराहारीमा विभिन्न प्रकारका गेडागुडी र दाल नेपालमा आयात भएको छ । जनै पूर्णिमा खाइने नौ प्रकारको गेडागुडी पनि यसैभित्र पर्छन् । यो हाराहारीमा गेडागुडी र दाल आयात हुँदा सरकारले १ अर्ब ९६ करोड ७६ लाख रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

क्वाँटीमा मुख्यगरी मास, भटमास, मुंगी, ठूलो केराउ, मस्याङ, चना, सिमी, टाटे सिमी र बोडी मिसाइन्छ । क्वाँटीमा मिसाइने कुनै पनि गेडागुडीमा नेपाल आत्मनिर्भर नभएकाले खपतको अधिकांश हिस्सा आयात नै गर्नुपर्छ । जनै पूर्णिमाको दिन क्वाँटीको रुपमा खाने चलन भए पनि पछिल्लो समयमा नेपालीको भान्छामा यो समिश्रण गरिएको खाद्य पदार्थ नियमित रुपमै पाक्न थालेको छ ।

आयातित यो परिमाणमा स्वदेशी उत्पादनको अंश मुस्किलले १ प्रतिशत पनि पुग्दैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले जनै पूर्णिमाको दिन क्वाँटीको रुपमा खाइने विभिन्न गेडागुडीको उत्पादनमा नेपाल परनिर्भर रहेको जानकारी दिए ।

‘हामी कहाँ गेडागुडीको उत्पादन नहुने भन्ने होइन, तर जुन रुपमा खाने चलन सुरु भएको छ । त्यसको अनुपातमा हामी कहाँ उत्पादन निक्कै कम हुन्छ । त्यो उत्पादन प्रमुख बजारसम्म आउन नपाउँदै स्थानीय तहमै खपत भइसक्छ,’ उनले भने,‘जनै पूर्णिमासहित वर्षभर खपत हुने यस्ता गेडागुडी प्रायः बाहिरबाटै आउने हो ।’

भन्सार विभागको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० मा १४ अर्ब ८ करोड ३८ लाख ६५ हजारको विभिन्न प्रकारको गेडागुडी र दाल नेपालमा आयात भएको थियो । यस्ता गेडागुडीमध्ये अधिकांश हिस्सा भने क्यानाडा, अष्ट्रेलिया र म्यानमारबाट आयात हुन्छ ।

विभागका सूचना अधिकारी पुण्यबिक्रम खड्काअनुसार यो तीन मुलुकबाहेक भारत, रुस, युक्रेन, अमेरिका, खाडी मुलुक, अर्जेन्टिना, चीन र टर्कीलगायतका मुलुकबाट पनि थोरथोरै परिमाणमा यस्ता गेडागुडी आयात हुन्छ ।

मूल्यको हिसावले हेर्ने हो भने पछिल्लो ५ वर्षको तथ्यांकअनुसार परिमाणको आधारमा सबैभन्दा बढी आर्थिक वर्ष २०७६/७७ मा आयात भएको थियो । त्यो वर्षमा १८ अर्ब १९ करोड ५० लाख रुपैयाँ बराबरको ३ लाख ३९ हजार ९ सय ११ टन गेडागुडी र दाल आयात भएको थियो ।

मूल्यको हिसावमा सबैभन्दा बढी गत आर्थिक वर्ष २०८०/८१ आयात भएको छ । त्यो वर्षमा २१ अर्ब ४ करोड १८ लाख मूल्यबराबरको २ लाख १९ हजार १ सय ७७ टन गेडागुडी आयात भएको थियो ।

खुद्रा व्यापार संघका महासचिव अमूलकाजी तुलाधरकाअनुसार जनै पूर्णिमाको दिन अधिकांश नेपालीको घरमा क्वाँटी पकाउने चलन भएकाले यसको व्यापार उच्च हुने गरेको छ । मुख्यगरी ९ प्रकारका गेडागुडी मिसाएर क्वाँटी बनाउने प्रचलन भए पनि पछिल्लो समयमा उपभोक्ताले आफैं छनोट गरि थप प्रकारका गेडागुडी पनि मिसाएर खाने चलन बढ्दै गएको उनले बताए ।

‘परम्परागत रुपमा नौ प्रकारका गेडागुडी समिश्रण गर्ने भनिए पनि पछिल्लो समयमा उपभोक्ता आफैले नौ प्रकारवाहेक थप ५–७ प्रकारका गेडागुडी अतिरिक्त खरिद गरि क्वाँटी पकाउने चलन बढेको छ,’ तुलाधरले भने,‘पहिले त् जनै पूर्णिमाको दिन अत्याधिक बिक्री हुन्थ्यो । तर अहिले यस्ता गेडागुडी बाह्रै महिना बिक्री हुन्छ । प्रोटिनको मात्रा पर्याप्त मात्रामा पाइने हुनाले चिकित्सकले पनि मिश्रण गरिएको सन्तुलित गेडागुडी खान सुझाव दिन थालेपछि यसको बिक्री बाह्रै महिना हुन थालेको हो ।’

संघकाअनुसार बाह्रै महिना बिक्री भए पनि जनै पूर्णिमाको २–३ दिन पहिले यसको अत्याधिक माग र बिक्री हुन्छ । २–३ दिनको अवधिमा एउटा खुद्रा व्यापारीले कम्तिमा ३ हजारदेखि १९ हजार रुपैयाँसम्मको गेडागुडी बिक्री गर्दैआएका छन् ।

के हो क्वाँटी ?

क्वाँटी शब्द नेपाल भाषाको ‘क्वाती’ शब्दबाट आएको हो । नेपाल भाषामा ‘क्वा’ को अर्थ तातो र ‘ती’ को अर्थ झोल वा सुप भन्ने हुन्छ । क्वाँटी बनाउनु अगाडि गेडागुडीलाई टुसा उम्रिने गरी भिजाउनु पर्छ । टुसा उम्रिएको क्वाँटीमा पर्याप्त मात्रामा फाइबर पाइन्छ ।

‘सन्तुलित रुपमा खानुपर्छ’: खाद्य विज्ञ

चाडपर्व छ भन्दै अचाक्ली परिमाणमा क्वाँटी सेवन गर्न नहुने खाद्य विज्ञको सुझाव छ । सन्तुलित परिमाणमा मात्रै सेवन गर्दा यसले फायदा गर्छ । असन्तुलित परिमाणमा आए यसले खति पनि गर्ने खाद्य वैज्ञानिक डा. दिलिप सुब्बाले जानकारी दिए ।

उनकाअनुसार गेडागुडीमा प्रोटिन निक्कै बढी परिमाणमा पाइने हुनाले ठिक्क मात्रामा मात्रै खानुपर्छ । ‘एक दिनमै धेरैपटक खानु हुँदैन,’ सुब्बाले भने,‘आवश्यकताभन्दा बढी खाइयो भने शरीरमा प्रोटिनको मात्रा बढेर स्टोन र युरिक एसिड बढ्ने समस्या निम्तिन सक्छ । यस्तै यस्ता गेडागुडी पानीमा फुलाएर काँचो रुपमा पनि खानुहुन्न । यसमध्ये कतिपय गेडागुडीले नकारात्मक असर गर्ने भएकाले सकेसम्म काँचो नखाँदा उत्तम हुन्छ ।’

गेडागुडीमा पाइने फाइबरले पाचन प्रणाली, मुटुरोग, मधुमेह, क्यान्सर र तौल घटाउन मद्दत पुर्‍याउँछ । क्वाँटीमा पाइने फाइबरले कब्जियत, पाइल्स आदि समस्याबाट जोगाउन सहयोग गर्छ । क्वाँटीमा भिटामिन बी, सी, इ, क्याल्सियम, फोस्फोरसलगायतका खनिज पदार्थहरु प्रचुर मात्रामा पाइन्छ ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार ००:००  १२ : १२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping