कोशीमा ईभीको माग बढ्दो: पेट्रोलियम सवारीको एकाधिकार तोडिँदै « Eglish Khabarhub

नाडा अटो शो-२०२४

कोशीमा ईभीको माग बढ्दो: पेट्रोलियम सवारीको एकाधिकार तोडिँदै


६ भाद्र २०८१, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

विराटनगर । कोशी प्रदेशमा विद्युतीय सवारी साधनको प्रयोग नगन्य रुपमा रहे पनि यसको माग क्रमिक रुपमा बढदै गएको पाइएको छ ।

डिजल र पेट्रोलबाट चल्ने बस, जिप, कार, ढुवानीका साधन र मोटर साइकलको अधिक प्रयोग रहेको कोशी प्रदेशको २४ हजार ७ सय २४ किलोमिटर सडकमा साना ठूला गरेर १० लाख ७९ हजार ७ सय १७ वटा सवारी साधन गुड्छन् ।

तर पछिल्लो समय निजी र व्यवसायिक प्रयोजनमा विद्युतीय गाडीले डिजल र पेट्रोलबाट चल्नेको साधनको एकाधिकार क्रमिक रुपमा तोड्ने क्रममा रहेको सम्बद्ध व्यवसायीको भनाइ छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीकाअनुसार कोशी प्रदेशको करिब २४ हजार ७ सय २४ किलोमिटर पक्की, ग्राभेल र कच्ची सडकमा अहिले ५ लाख ६४ हजार ४ सय १५ वटा मोटरसाइकल, २४ हजार ३ सय ७८ वटा ठूला गाडी, एकलाख २९ हजार ३ सय कारजीप र ३ हजार १ सय ७१ वटा मेशिनरी साधन गुड्ने गरेका छन् ।

व्यवसायीका अनुसार त्यसमध्ये पछिल्लो एक वर्षयता कम्तिमा शून्य दशमलव ५ प्रतिशत विद्युतीय सवारी साधनको हिस्सा रहे पनि यसबेला विद्युतीय गाडीमा उपभोक्ताको आकर्षण बढ्दो छ ।

कोशी प्रदेश चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधनका लागि वीरगञ्ज, भैरहवा र काठमाडौंमा निर्भर छ । यो प्रदेशका दुई मुख्य भन्सार नाका विराटनगर र मेचीको काँकरभिट्टबाट चार पाङ्ग्रे सवारी साधनको आयात ठप्प छ । मेची नाकाबाट गत आर्थिक वर्ष १ करोड १५ लाख ६० हजार ९ सय ८२ मूल्यका चिनियाँ विद्युतीय स्कुटर र विराटनगर भन्सार नाकाबाट ५ वटा स्कुल बस आयात भएको भन्सारको तथ्यांक छ।

कोशी प्रदेशका सडकमा पछिल्लो एकवर्ष यता विद्युतीय सवारीका साधन गुड्न थालेका छन् । प्रदेश अटोमोबाइल डिलर एशोसिएसनका अध्यक्ष सञ्जय श्रेष्ठले पछिल्लो समय विद्युतीय सवारी साधान पूर्वमा देखिन थालेको जनाए । ‘डिजल, पेट्रोलले चल्ने बस, जिप, कार र मोटरसाइकलको भीडमा केही विद्युतीय सवारी देख्न सकिन्छ,’ श्रेष्ठले क्लिकमान्डुसँग भने, ‘मुस्किलले शुन्य दशमलव ५ प्रतिशत विद्युतीय सवारी साधन मिसिएको अवस्था छ । ‘

उनका अनुसार त्यसमा पनि मोटरसाइकलको संख्या न्यून छ । विद्युतीय प्यासेन्जर गाडीको माग उल्लेख रुपमा बढने क्रममा रहेको उनी बताउँछन् । पछिल्लो समय सयवटा गाडी खरिद बिक्री हुँदा ८० वटा विद्युतीय र २० वटा डिजल पेट्रोलका गाडी बिक्री हुन थालेको उनी बताउँछन् ।

कोशी प्रदेशमा वीरगञ्ज, भैरहवा र काठमाडौंबाट आईसी र विद्युतीय इन्जिनका चार र दुईपाङ्ग्रे सवारीका साधन आउने गरेको छ । विराटनगर र काँकरभिट्टा नाकाबाट कसैले पनि सवारी आयात नगर्ने उनी बताउँछन् ।

यो प्रदेशमा हुण्डाई, सुजुकी, किया, टोयटा कम्पनीका डिजल पेट्रोलका कम्तीमा ३० लाख देखि ५ करोड मूल्य सम्मका कार गुड्दा पछिल्लो समय किङलङ, बिवाईडी, सेरेज, एमजी, डिपल लगायतका चिनियाँ कम्पनीका कम्तिमा ३० लाखदेखि दुई करोड मूल्यका विद्युतीय सवारीका साधन गुड्न थालेको छ ।

‘लामो तथा छोटो दूरीमा चल्ने ठूला र साना विद्युतीय गाडीको प्रयोग क्रमिक रुपमा बढ्दै छ,’ श्रेष्ठले भने, ‘डिजल र पेट्रोलबाट चल्ने गाडीलाई पाखा लगाउँदै पछिल्लो ८ महिनामा कोशी प्रदेशमा ४ सयवटा विद्युतीय साना ठूला गाडीको खरिद बिक्री भएको स्थिति छ ।’ कोशी प्रदेशबाट काठमाडौंका लागि पछिल्लो समय ५० वटाभन्दा बढी विद्युतीय माइक्रोबस गुड्ने गरेको तथ्यांक छ ।

पछिल्लो समय विद्युतीय सवारी साधनको माग बढ्न थालेको एमजी विद्युतीय कारका बिक्रेता मनोजबिक्रम शाहको भनाइ छ। ‘ठाउँठाउँमा चार्जिङ स्टेशनको सुविधा भएका कारण विद्युतीय गाडीको बिक्री डिजल पेट्रोलको तुलनामा राम्रो छ,’ उनले भने, ‘यसवेला विद्युतीय गाडीमा पनि उपभोक्ताले ब्राण्डको खोजी गर्न थालेपछि जुन पायो त्यही ब्राण्डका गाडी बिक्री भइहाल्ने अवस्था छैन ।’

ईभीमा चार चक्के र व्यवसायीक गाडीको माग बढ्दो रहेको उनले बताए । तर विद्युतीय मोटरसाइकलको माग भने कोशीमा नगन्य रहेको उनको भनाइ छ ।

कोशी प्रदेशमा चल्ने डिजल पेट्रोल र विद्युतीय सवारीका साधन प्राय: सबै बाग्मतीमा दर्ता छन् । कोशी र मेची यातायात कार्यालयमा त्यस्ता सवारी साधन दर्ता हुने क्रम नगण्य छ । ‘बागमतीमा दर्ता हुँदा रिसेल मूल्य बढी पाइने जनविश्वासमा कोशी र मेचीमा कार र जीप दर्ता न्यून छ,’ उनले भने ।

यो प्रदेशमा चल्ने कार र जीप मुस्कीलले दुई प्रतिशतमात्र कोशी र मेची यातायात कार्यालयमा दर्ता छन् । यातायात कार्यालय इटहरीका अनुसार मोटरसाइकल र निजी सवारी साधन डिजल-पेट्रोल र विद्युतीय बेग्लै शीर्षकमा दर्ता गर्ने व्यवस्था छैन । मोटरसाइकल दर्ता शाखा प्रमुख वेनीबहादुर कार्कीले भने, ‘सबै सवारी साधन एउटै शीर्षक र ढड्डामा दर्ता गरिँदा विद्युतीय सवारी साधनको संख्या छुट्याउन गाह्रो छ ।’

विद्युतीय कार जीप र व्यवसायीक गाडीले कोशी प्रदेशमा क्रमिक रुपमा सडक ढाक्दै जाँदा मोटरसाइकल र स्कुटरले बजार लिन नसकेको आयातकर्ता महावीर अटो मोवाइल्सका सञ्चालक ओमप्रसाद शर्माको भनाइ छ । भारतीय जोय स्कुटर कम्पनीका आयतकर्ता समेत रहेका शर्माका अनुसार एक वर्ष पहिला पाँच सयवटा जोय विद्युतीय स्कुटर आयात गर्दा यस अवधिमा मुस्किलले डेढ सयवटा मात्र बिक्री भएको छ ।

दुई पाङ्ग्रेको आवश्यकता भएका अधिकांशसँग पेट्रोलबाट चल्ने स्कुटर र मोटरसाइकल छन् । ति साधन चल्ने अवस्थासम्म उनीहरुले इलेक्ट्रिक लिने सम्भावना नभएको उनी बताउँछन् । तर पहिलो पटक स्कुटर र मोटरसाइकल चढ्नेको प्रथम रोजाइमा ईभी पर्नेगरेको शर्मा बताउँछन् ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार ००:००  १० : २३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping