दशैंका लागि बजारमा ४१ हजार खसीबोका भित्रिँदै, कतिको हुन्छ कारोबार ? « Eglish Khabarhub

दशैंका लागि बजारमा ४१ हजार खसीबोका भित्रिँदै, कतिको हुन्छ कारोबार ?


१४ आश्विन २०८१, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । औपचारिकरुपमा दशैं आउन करिब १ साता बाँकी रहँदा उपत्यकाको खसीबोकाको बजार विस्तारै तात्न थालेको छ। दशैंमा सबैभन्दा बढी गुल्जारमय बजार बन्ने मध्ये एक हो खसीबोका र च्याङग्राको बजार ।

दशैंमा घरमै मार हानेर र मठ मन्दिरमा बली दिन खसीबोका, राँगा र च्याङग्राको मासु खाने चलन अत्याधिक हुँदा यो वेला यस्ता मासुजन्य पशुको कारोबार पनि करोडौं रुपैयाँमा हुन्छ ।

व्यापारीहरु पनि बजारको माग अनुसार खसीबोका, राँगा र च्याङग्रा बजारमा भित्र्याउन रकमको जोडजाड गरी खरिद प्रक्रिया सुरु गरिसकेका छन् । उता सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि खसीबोका र च्याङग्रा खरिद गर्ने प्रक्रिया सुरु गरिसकेको छ ।

यो बर्षको दशैंमा सबै क्षेत्र गरी उपत्यकामा मात्रै ४१ हजार संख्यामा खसीबोका बजारमा भित्र्याउने तयारी भएको छ । यस्तै ७ हजारको संख्यामा च्याङग्रा पनि भित्र्याउने तयारी छ ।

यसमध्ये खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो बर्ष १ हजार ५ सयको संख्यामा खसीबोका हेटौंडा, तुल्सीपुर र नवलपुरबाट खरिद गर्ने प्रक्रिया अघि बढाएको प्रवक्ता शर्मिला न्योपाने सुवेदीले जानकारी दिइन । यस्तै मुस्ताङबाट ३ सय वटा च्याङग्रा खरिद गर्न लागिएको छ ।

‘आर्थिक मन्दीका कारण यो बर्ष धेरै संख्यामा खसीबोका बिक्री हुने अवस्था नरहेको प्रक्षेपण गर्दै गत वर्षको तुलनामा केही कम संख्यामा खरिद गरी बिक्री गर्ने योजना बनाएका छौं,’ प्रवक्ता सुवेदीले भनिन्-‘अबको दुई तीन दिनपछि खरिद प्रक्रिया सुरु गरेर भित्र्याउन थाल्छौं । घटस्थापनाको अर्को दिनदेखि बिक्री मूल्य तय गरी बिक्री गर्न सुरु गर्छौ ।’

यो बर्ष खसीबोका र च्याङग्रा खरिदका लागि ४ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।

गत बर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १ हजार ६ सय ५९ वटा खसीबोका र ५ सय ४२ वटा च्याङग्रा खरिद गरेको थियो। जसमध्ये बिक्री नभएको करिब ३० च्याङग्रा कुकुरले टोक्दा मारिएका थिए ।

यस्तै निजी क्षेत्रको संगठित संस्था नेपाल चौपाया बजार तथा बधशाला प्राइभेट लिमिटेडले २२ हजार ५ सय खसीबोका भित्र्याउने तयारी गरेको छ । यस्तै ५ हजारको संख्यामा च्याङग्रा बजारमा ल्याउने तयारी गरेको छ ।

गत वर्ष २४ हजारको संख्यामा खसीबोका बिक्री गरेको उक्त संस्थाले यो वर्ष भने आर्थिक मन्दी र वर्षाले गर्दा अवरुद्ध भएको बाटोघाटोका कारण आन्तरिक बजारबाट संकलन गर्न कठिनाई भएको भन्दै गत वर्षको तुलनामा कम संख्यामा बजारमा खसीबोका भित्रिने सञ्चालक जीवन खतिवडाले जानकारी दिए ।

‘यो वर्ष खासै बजार राम्रो होला जस्तो छैन, पानी परेर खसीबोकाको पकेट क्षेत्रबाट ल्याउन बाटोबाटोको निक्कै असुविधा भएको छ,’ खतिवडाले भने- ‘अर्कोतर्फ आर्थिक मन्दीको दबाबमा आम उपभोक्ता छन् । यस्तो अवस्थामा बजार त्यति गुलजारमय हुन नसक्ला । त्यहि भएर गत वर्षको तुलनामा स्वदेशी पकेट क्षेत्रबाट केही कम संख्यामा भित्र्याउँदैछौं ।’

यसबाहेक असंगठित क्षेत्रबाट पनि करिब १७ हजारको संख्यामा खसीबोका उपत्यकाको बजारमा भित्रिदैंछ । खतिवडाका अनुसार उपत्यकामा घटस्थापनाबाट खसीबोकाको बजार तात्न थाल्छ । किन्नेले त्यहि दिनदेखि खरिद गरी घरमा राख्छन्।

सुर्खेत, रुकुम रोल्पा, ओखलढुंगा, नुवाकोट, रामेछाप, जनकपुर, सर्लाही, बर्दिया, गुलरिया, सल्यान, सुर्खेत, दाङ, कटहरीलगायत जिल्लाबाट खसी-बोका ल्याउने तयारी गरेको छ । यस्तै मुस्ताङ, जुम्लालगायतका स्थानबाट च्यांग्रा ल्याउन लागेको हो ।

पशु सेवा विभागका अनुसार दशैंको समयमा उपत्यकामा करिब ५० हजारको संख्यामा खसीबोकाको व्यापार हुँदैआएको छ । यस्तै ३ हजारको संख्यामा च्याङग्रा र ५ सयको संख्यामा राँगा खपत हुन्छ । सामान्य समयमा राजधानीमा मात्रै दैनिक १ हजार २ सयको संख्यामा खसीबोका खपत हुँदै आएको छ ।

विभागका अनुसार दशैंको ७ दिनको अवधीमा मासुको अत्यधिक खपत हुन्छ । दसैँको समयमा अन्य समयभन्दा मासुको खपत झण्डै आठ गुणाले बढ्छ । सप्तमीदेखि प्रतिव्यक्ति मासुको उपभोग दर दैनिक २८ ग्रामबाट बढेर सरदर दुई सय १२ ग्रामसम्म पुग्छ ।

एक व्यापारीका अनुसार सरकारले मासुमा नेपाल आत्मनिर्भर भएको घोषणा गरेपनि बजारमा उपलब्ध खसीबोकामध्ये झण्डै ३० देखि ४० प्रतिशत भारतबाट आयात भएको खसीबोका हो । स्वदेशी खसीबोकाको तुलनामा भारतीय खसीबोकामा मासु ठूलो परिमाणमा निस्किने भएकाले व्यवसायिक प्रयोजनको लागि बढी भारतीय खपत हुने ति व्यापारीले जानकारी दिए ।

‘रकम चलखेलको आधारमा पशु चिकित्सक र सुरक्षाकर्मीको मिलोमतोमा क्वारेन्टाइन कागजात बनाएर ठूलो संख्यामा भारतबाट खसीबोका भित्रिँदै आएको छ,’ ती व्यापारीले भने ।

बजारको अवस्था हेरेर मूल्य बढ्ने सम्भावना

खडिवडाका अनुसार यो बर्ष बजारको अवस्था हेरेर मात्रै जिउँदो खसीबोकाको मूल्य बढ्न सक्ने सम्भावना छ । बजारमा आर्थिक मन्दीको प्रभाव देखिएन भने केही मूल्य बढ्न सक्ने खतिवडाको भनाइ छ ।

‘आम उपभोक्ताको आकर्षण र आर्थिक अवस्था कस्तो हुन्छ, त्यो अनुसार मूल्य थप हुन सक्छ, बजार ब्रुम भएन भएन अहिले कायम रहेकै मूल्यमा बिक्री हुन्छ । बजार ब्रुमिङ्ग भयो भने केही मूल्य बढ्न सक्छ,’ खतिवडाले भने ।

उनका अनुसार अहिले बजारमा जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ८० देखि ७ सयसम्म छ । गत् बर्ष नीजि क्षेत्रले स्वदेशी जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६६० रुपैयाँदेखि ६९० रुपैयाँसम्म तोकेको थियो । यस्तै भारतबाट आयात भएको जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ७ सयदेखि ७ सय ३५ सम्म तोकिएको थियो ।

उता पशु सेवा विभागका महानिर्देशक उमेश दाहालका अनुसार यो बर्ष खसीबोकाको मूल्य अहिलेकै हाराहारीमा रहन सक्ने प्रक्षेपण गरेका छन् । यो बर्ष देशभरको बजारको मागभन्दा अत्यधिक संख्यामा नेपालमा खसीबोकाको उत्पादन भएको र बजार संकुचित भएकाले मूल्य स्थिर रहने उनको भनाइ छ ।

‘हामी मासुमा आत्मनिर्भर भइसकेका छौं, अहिले देशभरको मागभन्दा बढी उत्पादन भएको छ, यसले गर्दा पशु पालक किसानले लागत मूल्य नपाउने अवस्था देख्दैछु,’ दाहालले क्लिकमान्डुसँग भने,‘यस्तो अवस्थामा खपतभन्दा बढी भएको खसीबोकाका कारण मूल्य बढ्ने सम्भावना निक्कै न्युन छ ।’

दाहालका अनुसार खपतभन्दा बढी संख्यामा उत्पादन भएको खसीबोका आन्तरिक बजारमा बिक्री हुने सम्भावना न्युन भएकाले केहि मुस्लिम मुलुकमा निर्यात गर्ने गृहकार्य पनि सुरु भइरहेको जानकारी दिए ।

‘तराई, मध्यपहाडी र पहाडी भेगमा निक्कै ठूलो संख्यामा उत्पादन भएको छ, ती सबैले बजार पाउने सम्भावना छैन । आवश्यकताभन्दा बढी देखिएको खसीबोका लागत मूल्यअनुसार बिक्री गर्नका लागि केही मुस्लिम मुलुकसँग सहकार्य भइरहेको छ,’ दाहालले भने– ‘बाहिरी मुलुकमा जाँदा किसानको उत्पादनमा थन्किँदैन र मूल्य पनि राम्रो पाउनेछन् ।’

भित्रिने खसीबोकाको स्वास्थ्य परीक्षणपछि मात्रै बिक्रीः पशु सेवा विभाग

उपत्यकाको बजारमा भित्रिने खसीबोकाको स्वास्थ्य परीक्षण गरी स्वस्थ्य खसीबोकालाई मात्रै बिक्री गर्नका लागि अनुमति दिइने पशु सेवा विभागले जनाएको छ ।

विभागका महानिर्देशक डा.उमेश दाहालकाअनुसार उपत्यकाको ११ स्थान कलंकी खसीबजार, बल्खु कालीमाटी बजार, चोभार नाका, चाल्नाखेला राँगा बजार, टुकुचा खसी बजार, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, लोकन्थली खसीबजार, सल्लाघारी च्याङग्रा बजार, बालाजु वाइपास नाका, लगनखेल, धापाखेल आकाशे धारा, सुकेधारा र चन्द्रागिरी(थानकोट) दाउरा डिपो, दहचौंक मुलपानी चौर खसीबजारमार्फत भित्रिने खसीबोका, च्याङग्रा र राँगाको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको जानकारी दिए।

‘ती स्थानहरुमा मासुजन्य पशुहरुको क्लिनिकल परीक्षण गर्ने, स्वस्थ्य पशुको सिंगमा हरियो रंग र रोगी पशुको सिंगमा रातो रंगले संकेत प्रदान गर्छौं, त्यो संकेत हेरेर आम उपभोक्ताले स्वस्थ्य मासुजन्य पशु खरिद गर्न छनौट गर्न सक्ने व्यवस्था मिलाइएको छ,’ दाहालले भने ।

यसरी चिनौं भारतीय खसीबोका

बजारमा स्वदेशमा उत्पादन भएको र भारतबाट आयात भएको दुई प्रकारको खसीबोका हुने भएकाले आम उपभोक्तालाई ती दुवैमा कुन रोज्ने भनेर समस्या हुन सक्छ । चौपाया खरिद बिक्री सेवा संघका अध्यक्ष दिपक थापाका अनुसार खसीबोकाको शरीरमा रहेको भुत्ला कैंचीले टाटेपाटे काटिएको छ भने त्यसलाई भारतबाट आयात भएको बुझ्नुपर्छ । स्वदेशी खसीबोकाको भुत्ला टाटेपाटे काटिएको हुँदैन ।

स्वदेशी खसीबोकाको शरीरमा भुत्ला निक्कै कम हुन्छ भने आयातित खसीबोकाको भुत्ला निक्कै बढि हुन्छ । लोकल खसीबोका निक्कै फुर्तिला, हिस्टपुष्ट पुष्ट, चञ्चले र स्याउला, घाँसपात, मकैलगायत सबै चरण सामाग्री खाने हुन्छ ।

तर भारतीय खसीबोका एकलकाटे, दुब्लो, पात्लो र टाढाबाट हेर्दा बिरामीजस्तो लाग्ने देखिन्छ । भारतीय खसीबोका गहुँ र चना चरण सामाग्री खान बढी रुचाउँछन् ।

उनकाअनुसार स्वदेशी खसीबोकाको मासु केही लामो दिनसम्म पनि भण्डारण गरी खान मिल्छ । मासु विग्रँदैन । तर भारतीय मासु धेरै दिनसम्म राखेर खान मिल्दैन ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार ००:००  ८ : ४२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping