बाढी पहिरोले सडक पूर्णरुपमा सञ्चालन हुन नसक्दा दैनिक बजार अस्तव्यस्त « Eglish Khabarhub

बाढी पहिरोले सडक पूर्णरुपमा सञ्चालन हुन नसक्दा दैनिक बजार अस्तव्यस्त


१५ आश्विन २०८१, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । लगातार तीन दिन परेको अविरल वर्षासँगै आएको बाढीका कारण उपत्यकाको दैनिक जनजीवन अस्तव्यस्त बनेको छ ।

बाढीका कारण उपत्यकाको जिल्ला जोड्ने सडकहरु अवरुद्ध हुँदा सर्वसाधारणको दैनिक जनजिवन अस्तव्यस्त बन्न पुगेको हो । सडक अवरोधका कारण उपत्यकामा अतिआवश्यक दैनिक उपभोग्य वस्तु आपूर्ति हुन नसक्दा चरम रुपमा महँगी बढ्नुका साथै त्यस्ता वस्तुको अभावसमेत सिर्जना भएको छ ।

बाहिरी जिल्लासँग काठमाडौं जोड्ने पृथ्वी राजमार्ग, विपी राजमार्ग, अरनिको राजमार्ग, हेडौंडा बल्खु मार्ग, कान्ति राजपथ, काभ्रे काठमाडौं मार्गमा बाढीले विभिन्न सडक खण्डमा क्षति पुर्‍याएपछि अतिआवश्यक दैनिक उपभोग्य वस्तुको आपूर्तिमा अवरोध सिर्जना भएको छ ।

आपूर्तिमा अवरोधमा सिर्जना भएपछि गत शुक्रबादेखि राजधानीमा पेट्रोलियम पदार्थ, ताजा तरकारी र फलफूल दूध, माछा, मासु, दाल, चामल, तेल, औषधीलगायतको नियमित आपूर्ति अवरुद्ध भएको सरोकारवाला निकायहरु बताएका छन् ।

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार काठमाडौं जोड्ने सडक अवरुद्ध हुँदा शुक्रबारदेखि बाहिरी जिल्लाबाट राजधानीमा सहज रुपमा तरकारी आपूर्ति नभएको जानकारी दिए ।

अर्कोतर्फ वर्षाका कारण राजधानीको प्रायजसो सबै तरकारी बजार डुवानमा पर्दा भण्डारण गरी राखिएका तरकारी पनि नष्ट भएको थियो ।

‘बाहिरी जिल्लाबाट तरकारी आपूर्ति हुन सकेन र राजधानीको विभिन्न बजारमा केही भण्डारण भएको तरकारीसमेत बाढीको डुवानमा पर्दा त्यसको असर बजारमा परेको हो,’ घिमिरेले भने,‘यसको असर दुई तीनसम्म बजारमा पर्नेछ । बाटो सुचारु भएपछि बजार सुधारोन्मुख अवस्थामा पुग्छ ।’

बाटोघाटो अवरोधका कारण मागअनुसार बजारमा तरकारी र फलफूलको आपूर्ति हुन नसक्दा तुलनात्मक रुपमा मूल्यसमेत बढेको घिमिरेको भनाइ छ ।

नेपाल कृषि उपज आलु प्याज आयात निर्यात थोक बिक्रेता संघका महासचिव प्रकाश गजुरेलले बाटो अवरोधका कारण नियमित रुपमा आलु प्याजको आपूर्ति हुन नसकेको जानकारी दिए । काठमाडौंमा दैनिक एक सय टन आलु प्याजको आपूर्ति हुनुपर्नेमा शुक्रबारदेखि आपूर्ति हुन नसकेको गजुरेलको भनाइ छ ।

स्टकमा भएको आलु प्याजले जेनतेन २ दिनसम्मको माग धाने पनि नियमित रुपमा आपूर्ति हुन नसके तेस्रो दिन आलु प्याजको चरम अभाव सिर्जना हुने संघले जनाएको छ ।

बाटो अवरोधको असर दुग्ध क्षेत्रमा पनि परेको छ । शुक्रबारदेखि नै परेको अविरल वर्षाका कारण विभिन्न जिल्लाको सडक क्षतिग्रस्त हुँदा शुक्रबारदेखि नै सरकारी स्वामित्वको दुग्ध विकास संस्थान(डीडीसी) ले बाहिरी जिल्लाबाट दूध संकलन गरी राजधानीसम्म ल्याउन पाएको छैन ।

सिन्धुपाल्चोक, चितवन, हेटौंडालगायतका जिल्लाबाट संकलन भएको दूध राजधानीसम्म ल्याउन नसकिएको संस्थानका महाप्रवन्धक डा.सूर्यप्रसाद पौडेलले जानकारी दिए ।

बाहिरी जिल्लाबाट करिब १० हजार लिटर दूध संकलन गरी राजधानीसम्म आउन नसकेको उनको भनाइ छ । उत्पादन भएको दूध पनि बाढिका कारण पसलहरु डुवानमा पर्दा बजारसम्म पुग्न नसकेको संस्थानले जनाएको छ ।

थोक खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्र भट्टका अनुसार बाटो अवरोधका कारण बाहिरी जिल्लाबाट नियमित रुपमा आपूर्ति हुनुपर्ने दाल, चामल, तेल, गेडागुडी, पिठो, मैदालगायतका खाद्यान्नका सामग्री शुक्रबारदेखि राजधानीमा आपूर्ति भएको छैन ।

कुलेश्वरस्थित खाद्यको गोदाममा भण्डारण गरिएका विभिन्न खाद्यान्नसमेत शनिबारको बाढीका कारण डुवानमा पर्दा लाखौं रुपैयाँबराबरको ति सामग्री नष्ट भएका छन् । गोदामभित्र पानी र लेदो पस्दा खाद्यान्नको बोराहरु लेदो र पानी भिज्दा ति सामग्री काम नलाग्ने गरी क्षति भएको उनको भनाइ छ ।

भट्टले सरकारले तत्कालै बाटो सुचारु गराउन पहल नगरे उपत्यकामा मागअनुसार नियमित रुपमा खाद्यान्नको उपलब्धता गराउन नसकिने बताए ।

उता बाटो अवरोधको मार पेट्रोलियम पदार्थको आपूर्तिमा पनि परेको छ । शुक्रबार मागको तुलनामा निक्कै कम आपूर्ति भएको पेट्रोलियम पदार्थ शनिबार र आइतबार राजधानीमा भित्रिन सकेन् ।

नेपाल आयल निगम थानकोट डिपोका प्रमुख अशोक साहका अनुसार सोमबार भने पेट्रोल ५ सय किलोलिटर र डिजेल ४ सय किलो लिटर आपूर्ति भएको थियो । यस्तै हवाई इन्धन ६० ट्याँकर आपूर्ति भएको थियो ।

उनका अनुसार थानकोट डिपोमा अहिले उपत्यकाको ५ दिनको माग धान्ने गरी इन्धन भण्डारण गरिएको छ । थानकोट डिपोमा पेट्रोलको ६ हजार १ सय किलोलिटर, डिजेल ८ हजार ४ सय किलोलिटर र मट्टितेलको ७ सय ६० किलोलिटर क्षमता भएको भण्डारण गृह छ ।

सडक अवरुद्ध हुँदा इन्धन लोड भएको १ सय ६५ वटा ट्याँकर चितवनमा आइतबार रातिसम्म अलपत्र परेको थियो । सोमबारदेखि पृथ्वी राजमार्ग सफा गरी एकतर्फी सुचारु भएपनि केहि ट्याँकर राजधानी भित्रिएको हो ।

सडक विस्तारै सहज हुँदै

बाढीपहिरोबाट ठप्प काठमाडौं उपत्यका प्रवेश गर्ने नाका विस्तारै सञ्चालनमा आउन थालेसँगै सडकयात्रामा केही हदसम्म सहजताको स्थिति भने बनेको छ । तर खाद्यान्न र मालबाहक सवारी साधनको प्रवेश भने सहज हुन सकेको छैन ।

धादिङको झयाप्ले खोलाको सडकमा खसेको पहिरो पन्छाउने कार्य पूरा भएसँगै त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग भएर गुड्ने सवारी आवागमन सञ्चालन भएको छ । पूर्वतर्फ साँगाभञ्याङ भएर बाहिरिने सवारीसाधन अरनिको राजमार्ग हुँदै चौतारासम्म तथा बिपी राजमार्गतर्फ भकुण्डेबेँसीसम्म सञ्चालनमामा आएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।

नुवाकोटतर्फ जाने नाका खुले पनि त्यहाँबाट भने ठूला सवारीसाधन आवागमनमा केही कठिनाइ रहेको छ । दक्षिणकाली भएर उपत्यका छाड्ने सडक भने सञ्चालनमा आउन सकेको छैन । बाढीपहिरोबाट पक्की पुल बगाएका र नदीले सडक कटान गरी ठूलो क्षति पुर्याएका स्थानमा भने अझै सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा ल्याउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

बाढीपहिरोबाट मुलुकका ५० भन्दा बढी सडकको एक सय बढी ठाउँमा क्षति पुर्याएको थियो । सानाठूला गरी २० वटा पुल बगाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार ००:००  ११ : ०४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping