फस्टाउँदै सूचना प्रविधिः म्यासेन्जर ह्वाट्सएपमा प्रयोगकर्ता झुम्मिदा म्यासेजका प्याकेज खेर « Eglish Khabarhub

फस्टाउँदै सूचना प्रविधिः म्यासेन्जर ह्वाट्सएपमा प्रयोगकर्ता झुम्मिदा म्यासेजका प्याकेज खेर


१ कार्तिक २०८१, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

पछिल्लो समय मोबाइलको माध्यमबाट प्रयोग हुँदै गरेको ओटीटीतर्फ ग्राहकको आकर्षण देखिएका कारण हरेक व्यक्तिले अर्को व्यक्तिलाई गर्ने मोबाइलबाट हुने सर्ट म्यासेज सर्भिस (एसएमएस) हराउँदै गएको छ । प्रयोगकर्ता इन्टरनेटमै झुम्मिने र सहज माध्यमको प्रयोग गर्न थालेका कारण एसएमएसको लागि टेलिकम कम्पनीले दिएका प्याकेजको अधिकांश हिस्सा खेर गइरहेको छ ।

काठमाडौं । सूचना प्रविधिको प्रयोग द्रुत रुपमा बढ्दै गएको छ । नेपालमासमेत मोबाइल इन्टरनेटमा ५जीको आवश्यकता महशुस हुन थालिसकिएको छ । द्रुत गतिकोे मोबाइल इन्टरनेटको सेवा सुरुवात भएकोसमेत एक दशक पुग्न लागिसकेको छ । मोबाइलमा द्रुत गतिको इन्टरनेटको पहुँच २ करोड २२ लाख प्रयोगकर्तासम्म पुगेको नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो सार्वजनिक तथ्यांकले देखाएको छ ।

नेपालमा जति धेरै मोबाइल प्रयोगकर्ता एड्भान्स टेक्नोलोजी र द्रुत गतिको इन्टरनेटमा छन त्यति नै कम म्यासेजको प्रयोग हुने गरेको छ । मोबाइल डाटामा भएको द्रुत विकासले ग्राहक म्यासेजभन्दा मोबाइलकै माध्यमबाट सजिलै चलाउन सकिने ओभर टी टप (ओटीटी)तर्फ आकर्षित भएका छन ।

आम प्रयोगकर्ताले मोबाइल म्यासेजलाई भन्दा ओटीटीका सेवाहरु म्यासेन्जर, भाइबर, ह्वाट्सएप, फेसबुक, इन्टाग्राम, एक्ससहितको प्लेटफर्म प्रयोग गर्दैै रमाइरहेका छन् । यस्ता ओटीटी प्रविधिको प्रयोगलाई व्यापार व्यावसाय गर्नेदेखि सञ्चारको सहज माध्यम मानेर प्रयोग गर्ने प्रयोगकर्ता बढेकै कारण टेलिकम कम्पनीहरुले दिने म्यासेजका प्याकेज अधिकांश ग्राहकको लागि बेकामेजस्तै भएका छन ।

पछिल्लो समय टेलिकम कम्पनीहरुले मोबाइलमा डेटा, भ्वाइस, म्यासेजसहितको कम्बो प्याकेज दिइरहेका छन । टेलिकम कम्पनीले ग्राहकको इच्छाअनुसारको डाटा प्याकेज लिदाँ म्यासेजलाई समेत जोडेर शुल्क लिइरहेका हुन्छन्, तर ग्राहकले भने भ्वाइस र डेटाको भरपूर प्रयोग गर्ने गरेको भएपनि म्यासेजको प्रयोग भने नगन्य मात्रामा मात्रै गरेका छन ।

चाडबाडको बेला एक दशक अगाडिसम्म शुभकामना आदनप्रदानमा सबैभन्दा बढी प्रयोग हुने माध्यम बनेको थियो मोबाइल म्यासेज । नेपाल टेलिकमका प्रवक्ता हरि ढकाल भन्छन, ‘हामीले ग्राहकलाई कम्बो प्याकेजमार्फत म्यासेजसमेत जोडेर दिएका हुन्छौं तर ग्राहकले भने भ्वाइस र डेटाको खपत गरिसक्दा पनि म्यासेज भने जति सुविधा पाएको छन त्यसको आधा हिस्सा पनि प्रयोग नगरेको पाइएको छ ।

’ढकालले भने अहिले सबै ओटीटीको प्लेटफर्ममा गएका छन् जसका कारणले म्यासेजमा ग्राहकका रुची नै देखिएन ।’ ग्राहकको रुची बढाउँन कम्बो प्याकेजमै एसएमएसको पनि सुविधा दिइएको छ तर अधिकांशले प्रयोग नै नगर्ने गरेको पाइएको छ ।

उनले भने ‘एसएमएस गर्ने विषयमा प्याकेज छ भने कसैलाई थाहै नै नपाउने, थाहा पाउनेले पनि म्यासेज नगर्ने र म्यासेज गर्नेले पनि कम मात्रै गर्दा रहेछन् ।’ ओटीटी प्लेटफर्ममा फोटोसहित आउँछ भने भ्वाइस पनि पठाउन मिल्छ भने म्यासेजको लागि टाइप गरिरहन झन्झट मानिएको कारण यसको प्रयोग नै कम भएको हो ।

पछिल्लो समय नोटिफिकेसन आउने म्यासेज, बैंक तथा वित्तीय संस्था वा अन्य कुनै संस्थाले दिने बल्क म्यासेजको प्रयोग भने बढेको छ । तर, ब्यक्तिगत म्यासेज भने हराउँदै गएको सम्बन्धित टेलिकम कम्पनीहरु नै स्वीकार गर्छन । टेलिकमका प्रवक्ता ढकाल पनि पर्सन टु पर्सन (पीटुसी)को म्यासेज साह्रै न्यून संख्यामा हुने गरेको भने पर्सन टु कन्जुमर (पीटुसी) चाहिँ बढ्दै गएको बताउँछन् ।

म्यासेजको प्याकेजमा आकर्षण छैन
नेपाल टेलिकम बाहेक दूरसञ्चार सेवा दिइरहको निजी क्षेत्रको मोबइल सेवा प्रदायक एनसेलले पनि ग्राहकलाई सधै अन प्यकेजलाई कम्बो बनाएर बिक्री गरिरहेको छ । यसले यस प्याकेज अन्तर्गत ग्राहकलाई डाटा, भ्वाइस र एसएमएससहितको सेवा दिएको छ । ग्राहकले रुची अनुसार डाटा प्याकेज खरिदसँगै जति रुपैयाँको भ्वाइस सुविधा छ त्यति नै वटा एसएमएसम्म दिएको छ । तर, एनसेलको प्याकेज खरिदकर्ताले पनि म्यासेजको प्रयोग भने नगर्ने गरेको पाइएको छ ।

एक दशक अगाडिसम्म इन्टरनेटको सहजता थिएन भने टेलिकम कम्पनीले पनि सहजै डाटा अहिलेको सस्तो सस्तोमा दिन सकेका थिएनन् । जब टेलिकम कम्पनीले डाटालाई प्याकेजमा दिन थाले त्यतिबेला इन्टरनटेको पहुँचसमेत बढेको र हातहातमा फोरजी सिम भइसकको थियो । एनसेलका अनुसार २०१७ मा टेलिकम क्षेत्रले फोरजी डाटा दिएपछि भने ग्राहक इन्टरनेटकै कन्टेन्टमा रमाउन थाले म्यासेजमा ध्यानै दिएनन् ।

अहिले पनि ओटीटीको प्रयोगले नै सहजै सञ्चार भइहाल्छ भन्ने भएकोले पहिलेको जस्तो म्यासेजमा मेहनत नै गर्नु नपरेको तर्क एनसेलका एक अधिकारीले भने । उनका अनुसार ग्राहकलाई जति सेवा सुविधा टेलिकम कम्पनीले दिएको छ त्यसको भरपुर उपयोगसम्म हुन सकेको छैन् ।

ग्राहकले पनि फेसबुक, भाइबर, ह्वाट्स, म्यासेन्जरलाई नै बढी रुचाइरहेका छन् यसको प्रयोगले एकातर्फ इन्टरनेट कम्पनीहरुको आम्दानी घटिरहेको छ भने अर्कोतर्फ सरकारले पनि अझै ओटीटीको व्यवस्थित प्रयोग गराउन सकेको छैन् ।
पछिल्लो समय मोबाइल इन्टरनेटकै खपत बढ्दै गएका कारण टेलिकम कम्पनीको डेटा प्रयोगकर्ता भने बढेको देखिन्छ ।

टेलिकम कम्पनीको ओटीटीका कारण जति आम्दानी हुनुपर्ने थियो त्यति हुन नसकेको भएपनि समग्रमा डाटा खरिदमा हुने आम्दानी भने कुल आम्दानीको तुलनामा उल्लेख्य रुपमा बढेको पाइन्छ । डेटा प्रयोग गर्न टेलिकम कम्पनीले गरेको प्रवद्र्धन र प्योकजको सुविधाले ग्राहकलाई भने आकर्ष गर्न सकिरहेको छ । जसका कारण डेटाबाट हुने टेलिकम कम्पनीको आम्दानी पनि उल्लेख्य रुपमा बढेको छ ।

टेलिकम कम्पनीको आम्दानीको स्रोत अहिलेसम्म भ्वाइसतर्फकै हिस्सा बढी छ । तर पनि प्राथमिकता भने डेटा हुँदै जान थालेको छ । ग्राहकले डेटाको प्रयोगबाट भ्वाइस सुविधासमेत लिन सक्ने भएकोले मोबाइल डेटा नै टेलिकम कम्पनीको प्राथमिकतामा पर्दै गइरहेको छ । डिजिटल प्रविधिको प्रयोगसँगै अब ग्राकहको आवश्यक टेडा हुने टेलिकम कम्पनीको प्रमुख आम्दानीको स्रोत पनि डेटा नै हुन सक्छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार ००:००  ७ : २२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping