स्वदेशमै खपत नहुँदा साढे ३ करोडको मख्खनको म्याद सकिँदै, घ्यू बनाएर बजारमा पठाउँदै डीडीसी « Eglish Khabarhub

स्वदेशमै खपत नहुँदा साढे ३ करोडको मख्खनको म्याद सकिँदै, घ्यू बनाएर बजारमा पठाउँदै डीडीसी


८ कार्तिक २०८१, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । खपतभन्दा बढी उत्पादन भएको मख्खन(बटर) र धुलो दूध (एसएमपी) स्वदेशमै खपत हुन नसक्दा म्याद नाघ्ने अवस्थामा पुग्न लागेको छ ।

आवश्यकताभन्दा बढी उत्पादन भएका ती दुबै दुग्धजन्य पदार्थको स्वदेशमै उपभोग हुन नसक्दा र अन्य मुलुकमा निर्यातसमेत हुन नसक्दा म्याद नाघ्ने अवस्थामा पुग्न लागेको हो ।

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)को मात्रै ४५ मेट्रिक टन बटरको म्याद सक्नै लागेको अवस्थामा पुगेको छ । डीडीसीसँग अहिले ५ सय ८४ मेट्रिक टन बटर मौज्दात छ । यसमध्ये झण्डै ४५ मेट्रिक टन बटरको म्याद नाघ्न लागेको हो ।

डीडीसी स्रोतका अनुसार ३ करोड ६० लाख रुपैयाँबराबरको ४५ मेट्रिक टन बटरको म्याद नाघ्न लागेको हो । डीडीसीले यो बटर प्रतिकिलो ८०० रुपैयाँमा बिक्री गर्दैआएको छ ।

डीडीसी स्रोतले क्लिकमान्डुसँग भन्यो- ‘४५ मेट्रिक टन बटरको म्याद आगामी २ महिना अर्थात पुसमा सक्न लागेको छ, हाम्रो सरकारले न निर्यात गर्न कुनै बाटो पहिल्यायो, न स्वदेशमै खपत दर बढाउन सक्ने कुनै रणनीति नै कार्यान्वनयमा ल्याउन सक्यो।’

स्रोतका अनुसार म्याद सक्नै लाग्दा बिराटनगरमा भण्डारण गरिएको बटरमा ढुसीसमेत लाग्न थालेको छ ।

‘एकातिर उत्पादन भएर ठूलो परिमाणमा बटर र पाउडर दूध थन्किएको छ,’ स्रोतले भन्यो- ‘यसको व्यवस्थापन हुन नसकेको अवस्थामा आगामी माघदेखि कच्चा दूधको उत्पादन बढ्दैछ । त्यो वेला यस्ता दुग्धजन्य पदार्थको अवस्था झनै भयावह हुने देखिएको छ ।’

उता निजी क्षेत्रका डेरी उद्योगहरुसँग पनि २ हजार मेट्रिक टन बटर र १ हजार ५ सय मेट्रिक टन पाउडर दूध स्टक बसेको छ । निजी क्षेत्रले भने कति परिमाण वरावरमा यस्ता पदार्थको म्याद सक्न लागेको हो भनेर खुलाएको छैन ।

स्रोतका अनुसार डीडीसीले म्याद सक्न लागेको बटरलाई पगालेर घीउ बनाएर बजारमा बिक्री गर्ने आन्तरिक तयारी गरेको छ । वटरको म्याद माइनस १८ डिग्री सेल्सियसमा राख्दा उत्पादन मितिदेखि ८ महिनासम्म मात्रै उपभोग्य मिति हुन्छ ।

यस्तै पाउडर दूधलाई पनि माइनस १८ डिग्रीमा राख्दा सोही अवधीसम्म उपभोग गर्न सकिन्छ । डीडीसीसँग अहिले ५५० मेट्रिक टन पाउडर दूध मौज्दात छ । यो पाउडर दूध प्रतिकिलो ७ सय रुपैयाँमा बजारमा बिक्री हुँदै आएको छ ।

डीडीसीका महाप्रवन्धक डा.सूर्यप्रसाद पौडेलले बटर र पाउडर दूधको म्याद नसकेको क्लिकमान्डुलाई जानकारी दिए । तर उनले म्याद सक्नै लागेको अवस्थामा घिउ पगालेर घीउ बनाएर बिक्री गर्न सकिने बताए ।

‘म्याद सक्नै लागेको छैन,’ पौडेलले भने- ‘म्याद सक्न ६ महिना बाँकी राख्दा हामी बटरलाई पगालेर घिउ बनाएर बजारमा बिक्री गर्न सक्छौं ।’ उनका अनुसार माइनस २० डिग्री सेल्सियस तापक्रममा बटर भण्डारण गर्दा साढे तीनदेखि चार वर्षसम्म उपभोग गर्न मिल्ने जानकारी दिए ।

डीडीसीले यसअघि पनि म्याद नाघेको बटरबाट घिउ पगालेर बजारमा बिक्री गरेको थियो । २००७७ असोज अन्तिम साता खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले म्याद नाघेर ९६ हजार ३ सय किलो (९६.३ मेट्रिक टन ) बटर रोक्का गरेको थियो । विभागले उक्त बटर तत्काल प्रयोग गर्न र बिक्री बितरण नगर्न भनेर डीडीसीको बालाजु आयोजनालाई निर्देशन समेत दिएको थियो ।

त्यसको केही समयपछि उक्त बटर खोजविन गर्दा फेला पार्न सकिएको थिएन । रोक्का राखिएको परिमाणमध्येबाट ९ टन डीडीसीले लुकाएर राखेको थियो भने बाँकी ८७.३ मेट्रिक टन बटरलाई पगालेर घिउ बनाएर बजारमा बिक्री गरेको थियो ।

डीडीसीले उपभोक्तालाई प्रतिकिलोमा ५० रुपैयाँ छुट र बिक्रेतालाई ५ रुपैयाँ आकर्षक कमिशन उपलब्ध गराएर म्याद नाघेको बटरबाट तयार पारिएको घीउ बजारमा बिक्री गरेको थियो । २०७७ असोज २६ गते काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण विभागले डीडीसीको बालाजुस्थित आयोजनामा अनुगमन गर्दा म्याद नाघेको अवस्थामा बटर फेला परेको थियो ।

महानगरपालिकाले बालाजु आयोजनामा भण्डारण गरी राखिएको १ लाख ९४ हजार ९७५ किलो बटरको उत्पादन मितिमा प्रश्न चिन्ह उठाएको थियो । अनुगमनको क्रममा केही बटरको कार्टुनमा उत्पादन मिति उल्लेख थियो भने अधिकांश कार्टुनमा उत्पादन मिति र उपभोग्य मिति उल्लेख गरिएको थिएन ।

खपत गर्न जापान निर्यातदेखि ओठमै चिल्लो लाग्ने गरी प्रिमियम दूधसम्म

डीडीसीले थन्किएको बटर र पाउडर दूधको खपत गर्न जापानमा निर्यातदेखि ओठमा चिल्लो लाग्ने गरी प्रिमियम दूध निकाल्नेसम्मको तयारी अन्तिम चरणमा पुर्‍याएको छ । यसमध्ये अहिले जापानमा मासिक १ हजार मेट्रिक टनसम्मको निर्यात गर्ने प्रक्रिया सुरु भइसकेको छ ।

डीडीसीका अनुसार अहिले पहिलो चरणमा १ हजार मेट्रिक टन जापान निर्यात भइसकेको छ । यस्तै डीडीसीले मुख र ओठमा तर (फ्याट) अत्याधिक लाग्ने गरी प्रिमियम गुणस्तरको प्याकेट दूध बजारमा ल्याउने तयारी पनि गरेको छ ।

यो उत्पादन ल्याउने विषयमा बजार अध्ययन भइसकेको छ । अब उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुगेको डीडीसीले जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार ००:००  १० : ३१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping