यात्रुले विमानको इमर्जेन्सी ढोका खोल्दा तनावमा एयरलाइन्स: अनुमतिबिना खोल्नेलाई २० वर्षसम्म जेल ! « Eglish Khabarhub

यात्रुले विमानको इमर्जेन्सी ढोका खोल्दा तनावमा एयरलाइन्स: अनुमतिबिना खोल्नेलाई २० वर्षसम्म जेल !


१३ कार्तिक २०८१, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

पछिल्लो समय आन्तरिक उडानका यात्रुले जथाभावी इमर्सेन्जी ढोका खोलिदिने क्रम बढेपछि सम्बन्धित वायुसेवा हैरान भएका छन् । एकातर्फ यात्रुको व्यवस्थापन गर्नुपर्ने र अर्कोतर्फ उडान व्यस्थापन मिलाउन आइपर्ने चुनौती हुन्छ । कमजोरी गर्ने यात्रुमाथि कारबाही नहुँदा आकस्मिक प्रयोजनमा मात्रै खोल्न पाइने यस्तो ढोका जथाभावी खोल्ने काम हुनुले उडान सुरक्षामा नै चुनौती दिइरहेको छ ।

काठमाडौं । गत असोज २४ मा काठमाडौंबाट जनकपुर उडेको बुध्द एयरको जहाज मौसम प्रतिकुल भएका कारण विराटनगर डाइभर्ट भएको थियो । विराटनगरबाट जनकपुरका लागि उड्न ठिक्क परेको उक्त जहाज ट्याक्सीवेमा पुग्दानपुग्दै एक यात्रुले इमर्जेन्सी ढोका खोलिदिए । जसका कारण बुध्दको जहाजको उडान प्रभावित हुनुका साथै प्राविधिक टोलीले निरीक्षण गरेर पुनः उडान गर्दा तीन घण्टा डिले भएको थियो ।

त्यसअघि २१ असोजमै बुध्द एयरकै नेपालञ्जबाट काठमाडौं उड्ने लागेको जहाजको पनि यात्रुले इमर्जेन्सी ढोका खोलिदिएका कारण उडान ढिलाइ हुनुका साथै यात्रु व्यवस्थापन मिलाउन निकै गाह्रो भएको थियो । बुध्दकै जहाजको त्यसअघि १७ असोजमा विराटनगरबाट काठमाडौं आउँदै गर्दा विराटनगरमै यात्रुले इमर्जेन्सी ढोका खोलिदिएका थिए ।

असोज तेस्रो साता १० दिनको बीचमा तीनपटक बुध्द एयरका यात्रुले इमर्जेन्सी ढोका खोलिदिएका थिए । यात्रुले अनावश्यक रुपमा खोलिएको यस्तो इमर्जेन्सी ढोकाका कारण सम्बन्धित वायुसेवालाई उडान व्यवस्थापन मिलाउन सकस भयो भने गल्ती गर्ने यात्रुलाई कारबाही गर्न भन्दै सम्बन्धित विमानस्थलको सेक्युरीटीलाई जिम्मा लगायो ।

केही वर्षअघि तारा एयरको पोखराबाट जोमसोम जाँदै गरेको जहाजको इमर्जेन्सी ढोका यात्रुले झारिदिएका कारण एक दिन जहाजै ग्राउण्डेड भयो । तारा एयरकाअनुसार केही समय अगाडि भएको उक्त घटना पोखरा विमानस्थलमै यात्रुले दोस्रोपटक तारा एयरको इमर्जेन्सी ढोका बिनाकारण खोलेका थिए ।

त्यसो त हवाई जहाजको इमर्जेन्सी डोर (आपतकालीन द्वार) यात्रुले मनलाग्दी खोल्ने र बन्द गर्ने गर्न पाइँदैन । कुनै पनि जहाज उड्नुअघि जहाजको प्रकृतिअनुसार एयर प्रेसरमा राखिएको हुन्छ । जहाजभित्र रहेका यात्रुलाई अक्सिजनको मात्रा तथा तापक्रम मिलाउने, एयर कन्डिसनदेखि जहाज उड्नलाई योग्य बनाउनेसम्मको काम भएको हुन्छ ।

उड्न ठिक्क परेको जहाज, यात्रु राखेर ढोका बन्द गरिसकेपछि वा ट्याक्सी वे/रनवेमा भएको जहाजको आकस्मिक द्वार यात्रुले बिना अनाउन्समेन्ट खोल्न पाइँदैन । जहाजमा कुनै समस्या आएमा, जहाज ट्याक्सी वेमा भएमा क्रु मेम्बरले आपतकालीन अवस्था घोषणा भएको अवस्थामा मात्रै जहाजको आपतकालीन ढोका प्रयोग गर्न अनुरोध गर्छन् । अन्यथा कुनै पनि यात्रुले जहाजको इमर्जेन्सी डोर खोल्ने र बन्द गर्न पाइँदैनन् ।

यात्रुले सामान्य अवस्थामा आपतकालीन ढोका खोलिदिँदा यात्रुको उडानमा ढिलो हुन्छ भने जहाज कम्पनीलाई त्यसपछि आइपर्ने समस्या र त्यसको व्यवस्थापन टाउको दुखाइको विषय हुने गरेको छ । अनावश्यक रुपमा आकस्मिक ढोका खोलिदिने यात्रुलाई कानूनअनुसार कारबाही गर्न सम्बन्धित वायुसेवा कम्पनीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सिफारिश गर्ने गरिएको बुध्द एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णले बताए ।

एउटा जहाजमा कुनै यात्रुले इमर्जेन्सी ढोका खोलिदियो भने त्यसको धेरैखालका असर पर्ने उनी बताउँछन् । ‘एउटा जहाजले दैनिक ४/५ वटा उडान गर्ने गरी तालिका बनाएको हुन्छ । कुनै कारणबस समस्या आउँदा वा यात्रुले अन्जानबस इमर्जेन्सी ढोका खोलिदिँदा यात्रुले दुःख पाउने मात्र होइन वायुसेवा कम्पनीलेसमेत उडान व्यवस्थपा मिलाउन समस्या भोग्नुपरेको छ,’ कर्णले भने, ‘यस्तो काम यात्रुले गर्दा उडानमा प्रभावित हुने, यात्रु व्यवस्थापन, वायुसेवा कम्पनीले पालना गर्नुपर्ने शर्तसहितको कारण त्यो दिनको उडान तालिका प्रभावित हुन पुग्यो ।’

बुध्द एयरका चिफ सेक्युरिटी अफिसर प्रदीप कटुवालले आपतकालीन ढोका खुलेपछि ढोका लगाएर तत्कालै उडान गर्न नमिल्ने बताउँछन् । ‘कुनै यात्रुले हेलचेक्राइँ गर्दै जहाजको इमर्जेन्सी डोर खोलिदियो भने सेक्युरीटी सिस्टमका कारण उक्त जहाज तुरुन्तै ढोका लगाएर उडाउन मिल्दैन,’ कटुवालले भने, ‘जहाजको ढोका खोल्नासाथ त्यसका लागि मिलाइएको प्रेसर शून्य हुन्छ । पुनः जहाजलाई प्रेसर मिलाउन प्राविधिक टोली नै चाहिन्छ ।’

असोज तेस्रो साता १० दिनको बीचमा तीन पटक बुध्द एयरका यात्रुले इमर्जेन्सी ढोका खोलिदिएका थिए । यात्रुले अनावश्यक रुपमा खोलिएको यस्तो इमर्जेन्सी ढोका खोल्ने यात्रुलाई कारबाही गर्न भन्दै सम्बन्धित विमानस्थलको सेक्युरीटीलाई जिम्मा लगायो ।

प्राविधिक टोली रात्री उडानको सुविधा भएको विमानस्थलहरुमा र काठमाडौंमा मात्र छन् । अन्य विमानस्थलमा यात्रुले यस्तो ढोका खोलिदिए उडानमा थप ढिलाइ हुन पुग्छ । जहाजबाट छिटोभन्दा छिटो निस्कनुपर्ने बमथ्रेट, जहाजभित्र धुवा भरिएको सहितका विभिन्न अवस्थामा मात्रै यस्तो आकस्मिक द्वार खोल्न पाइन्छ । यसकाे जानकारी विमान परिचारिकाले दिन्छन भने यात्रुकाे सिट अगाडिकाे बकलमा यस्ताे सूचना र जानकारी दिइएकाे हुन्छ ।

यात्रुले अनावश्यक रुपमा इमर्जेन्सी डोर खोलिदिएको कारण सन् २०२३ जुलाइपछि मात्रै ६ वटा घट्ना भइसकेको छ । बुध्द एयरको जहाजमा मात्रै भएको यस्तो यस्तो घटना सन् २०१३ को जुलाई २७ देखि २०२४ को अक्टोबर १० सम्ममा मात्रै ६ वटा घटना भएको छ ।

यस्तो घटना २७ जुलाई २०२३ मा पोखरा काठमाडौंको उडानका जहाजमा, २ सेप्टेम्बर २०२३ मा काठमाडौं भैरहवाको उडानमा, २६ नोभेम्वर २०२३ को काडमाडौं भद्रपुर उडानको क्रममा, २ अक्टोबर २०२४ को विराटनगर काठमाडौं उठानमा, ७ अक्टोबर २०२४ मा नेपालगन्ज काठमाडौं उडानको क्रममा र १० अक्टोबर २०२४ मा काठमाडौं जनकपुर उडानको क्रममा यात्रुले इमर्जेन्सी ढोका खोलिएको यो वायुसेवाले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । ति घटनाका कारण सो दिनको उक्त जहाजबाट हुने उडान प्रभावित हुनुका साथै यात्रा नै ढिलो हुन पुगेको बुध्द एयरले जानकारी दिएको छ ।

यात्रुले तारा एयरको पनि पटक पटक आपतकालीन ढोका खोलिदिएर समस्या भएको थियो । तारा एयरका अनुसार यात्रुले केही समय अगाडि आपतकालीन ढोका खोल्दा उक्त ढोका नै खसेको थियो । त्यसअगाडि पनि पोखरा विमानस्थमै एक यात्रुले आपतकालीन ढोका खोलिदिएका थिए ।

यात्रुले अनावश्यक रुपमा आपतकालीन ढोका खोलेको विषयमा कडा कारबाही हुन नसकेको र विद्यमान कानूनमै भएको व्यवस्था कार्यान्वयन हुन सकेको अवस्थामा सचेतना बढ्ने यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । ‘कानूले नगद सजायदेखि जेलसम्मको कारबाही गर्ने भनेको छ । तर, नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले भने सचेत मात्रै गराए छोड्ने गरेकोले पटकपटक यस्ता घटना दोहोरिरहेको पाइएको छ,’ उनले भने ।

कानूनले गलत भनिसकेकोपछि गल्ती गर्नेलाई कारबाही गर्ने, कालोसूचीमा राखेर त्यो यात्रुलाई हवाई यात्रामा प्रतिबन्ध लगाउने हो भने बल्ल आपतकालीन ढोका अनावश्यक रुपमा खोल्ने काम बन्द हुने बर्तौलाको भनाइ छ । यस्तो कार्य गर्ने यात्रुलाई हवाई कानूनमै भएको व्यवस्था अनुसार ५/१० हजारको नगद जरिवाना मात्रै गराएर छोड्न सकिएको अवस्थामा त्यस्तो प्रकृतिको घटाना नदोहोरिने र निरुत्साहित हुने वायुसेवा कम्पनीहरुको भनाइ छ ।

आपतकालीन ढोका खोल्ने यात्रुलाई यस्तो छ कानूनी कारबाहीको व्यवस्था
जहाजको आपतकालीन ढोका अनावश्यक रुपमा खोल्ने कार्यलाई गैरसैनिक हवाई उडान ऐन २०१५ ले अपराध मानेको छ । यो ऐनको दफा ९ (क)को (३)ले हवाई जहाजमा जडित पाटपूर्जा अनधिकृत रुपमा झिक्ने वा सञ्चालनमा हस्तक्षेप गर्न नहुने व्यवस्था छ । यो व्यवस्था विपरीत काम गरेको अवस्थामा वायुयान उडान सुरक्षा विरुद्धको अपराध मानिने र १५ देखि २० वर्ष जेल सजाय हुने व्यवस्था छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने यात्रुले अनजानबस जहाजको आपतकालीन ढोका खोल्ने गरेको, ढोका खोलिसकेपछि माफी माग्ने गरेकोले हालसम्म ठूलो साजाय नभएको बताए । उनले दोहोर्याएर तेस्तो कार्य नगर्ने शर्तमा सामान्य कारबाही गर्ने वा सचेत गराएर पठाउने काम मात्रै भएको बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार ००:००  १० : ४० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping