आयात बढ्दा घट्दो व्यापार: ५ वर्षमा सवा ५ अर्बको झिलिमिलि बत्ती आयो, ८० प्रतिशत चीनबाट « Eglish Khabarhub

आयात बढ्दा घट्दो व्यापार: ५ वर्षमा सवा ५ अर्बको झिलिमिलि बत्ती आयो, ८० प्रतिशत चीनबाट

माग कम हुँदा बजार खुम्चियो


१५ कार्तिक २०८१, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]


काठमाडौं । तिहार भन्नै बित्तिकै उज्यालोको पर्व सम्झिन्छौं । घर, पसल, कर्पोरेट हाउस, होटेल तथा रेष्टुरा, बहु तल्लो आवासीय गृहलगायत सफा बनाएर मनाइने यो पर्वलाई सरसफाइको पर्व पनि भनिन्छ ।

हिन्दु संस्कृतिअनुसार बिहिबार देशभर उज्यालो पर्व ‘लक्ष्मीपुजा’ मनाइँदैछ । यो दिनलाई धनकी देवी लक्ष्मीलाई विधिवत् रुपमा पुजाआजा गर्ने गरिन्छ ।

घर र पसलमा लक्ष्मीको बास होस् वर्षभरी आम्दानीको स्रोत राम्रो होस् भनि मनाइने यो पर्व उज्यालो बिना खल्लो हुन्छ । उज्यालो र तिहार एक अर्काको परिपुरक शब्द हुन् ।

ग्रामिण भेग जहाँ बत्ती पुगेको छैन, त्यहाँ अहिले पनि मट्टीतेल, तोरीको तेल, डिजेलको प्रयोग गरी स– सानो टुकी, पाला र दियो बनाएर उज्यालो बनाउने चलन छ । त्यस्तै मैनवत्ति वालेर पनि घर आँगन उज्यालो बनाइन्छ ।

बत्ती पुगेको सहर बजारमा भने विभिन्न प्रकारको विद्युतीय बत्तीकै महत्व हुन्छ । प्रत्येक घर, कार्यालय, महल, पसल, वगैचा, होटेल, रेष्टुँरालगायतमा विद्युतीय झिलिमिली बत्तीले उज्यालो बनाएर अन्धयारो रातलाई रंगीचंगी बनाएको हुन्छ ।

त्यही भएर तिहारमा विभिन्न प्रकार उज्यालो प्रदान गर्ने वत्तिको आयात, व्यापार र खपत पनि अत्यधिक हुन्छ ।

यस्ता झिलिमिली बत्तीको कूल वार्षिक कारोबारमध्ये झण्डै ८० देखि ८५ प्रतिशत तिहारमा हुने गर्छ । बाँकी छठ, क्रिसमस, नयाँ वर्ष, राष्ट्रिय पर्व उत्सव, होटेल र रेष्टुँरा तथा विहे व्रतवन्धजस्तो शुभकार्यमा सजावटका लागि प्रयोग हुने नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ ।

आयात साढे ५० करोडको, व्यापारमा भने ठूलो मन्दी

गत् वर्षजस्तै यो वर्ष पनि झिलिमिली बत्तीका व्यापारमा निक्कै मन्दी छाएको छ । नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रमेश देवकोटाका अनुसार आर्थिक मन्दी र नयाँ घरहरु निर्माण नभएका कारण झिलिमिली बत्तीको व्यापारमा ठूलो मन्दी आएको जानकारी दिए ।

अन्य वर्षको तुलनामा यो वर्ष व्यापार उल्लेख्य परिमाणमा हुने प्रक्षेपण गरी विभिन्न मुलुकबाट साढे ४५ करोड रुपैयाँबराबरको झिलिमिली वत्ति आयात गरेका व्यवसायीले भनेअनुसारको व्यापार नहुँदा उनीहरु खिन्न भएका छन् ।

महासंघका अध्यक्ष देवकोटाका अनुसार आर्थिक मन्दी र सर्वसाधारणको क्रयशक्ति कमजोरका कारण यो वर्ष पनि व्यापार धेरै नहुने अवस्था देखापरेको छ ।

‘व्यापार नहुँदा यो वर्षको तिहारमा कारोबार झण्डै ५० प्रतिशतले घटेको छ, गत वर्ष आयात भएको सामानमध्ये ६० प्रतिशत मात्रै बिक्री भयो, बजारको अभावमा बाँकी ४० प्रतिशत गोदाममै थन्कियो,’ देवकोटाले भने,‘यो वर्ष चीनको बाटोसमेत प्रभावित हुनुका साथै बजारमा पनि डिमाण्ड नभएकाले थन्किएको ४० प्रतिशत सामान पनि अहिले क्लिरेन्स गर्न बिक्री गर्दैछौं । थोरवहुत मात्रै आयात भएको छ यो वर्ष ।’

देवकोटाका अनुसार कोभिड महामारी भएको वर्षदेखि मुलुकमा शिथिल भएको आर्थिक गतिविधी र भौतिक पूर्वाधार निर्माणका कारण निरन्तर रुपमा झिलिमिली बत्तीको बजार र व्यापार दुवै खुम्चिदैं गएको छ ।

‘सामान भित्र्याएको तुलनामा यो वर्ष पनि व्यापार निक्कै कम भएको छ, पछिल्लो ५ वर्षदेखि व्यापार क्रमिक रुपमा खुम्चिदैं गएको छ,’ देवकोटाले भने,‘तुलनात्मक रुपमा यो वर्ष व्यापारमा सुधार होला भनेर सोचेका थियौं तर यो वर्ष पनि आर्थिक मन्दी र उपभोक्ताको क्रयशक्ति कमजोर भएर गत वर्षहरुकै अवस्थामा व्यापार हुने भएको छ ।’

आयात हुने यस्ता झिलिमिली बत्तीको कूल परिमाणमध्य झण्डै ६० प्रतिशत बाहिरी जिल्ला र ४० प्रतिशत उपत्यकामा बिक्री हुँदै आएको छ ।

गत आर्थिक वर्ष २०८१/८१ मा १ अर्ब ७८ करोड रुपैयाँबराबरको ९९ लाख ५४ हजार ५ सय ४९ पिस बत्ती आयात भएको थियो । चालु आर्थिक वर्षको तीन महिनासहित ६ वर्षको अवधीमा सबैभन्दा बढि गत् आर्थिक वर्ष २०८१÷८१ मै यस्तो बत्ती आयात भएको थियो । सबैभन्दा कम आर्थिक वर्ष २०७९/८० मा ८ करोड ४१ लाख ९६ हजार रुपैयाँबराबरको २ लाख ६० हजार पिस झिलिमिली बत्ती आयात भएको थियो ।

महासंघका अनुसार तिहारमा बालिने यस्ता झिलिमिली वत्ति छिमेकी मुलुक चीन, भारत, बहराइन, अष्ट्रेलिया, हङकङजस्ता मुलुकबाट आयात हुन्छ । आयात हुने कूल हिस्सा भने ८० प्रतिशतभन्दा बढी चीनबाट आउँछ । यसबाहेक दोश्रोमा भारतबाट आयात हुन्छ । बाँकी मुलुकबाट अत्यन्त कम परिमाणमा आयात हुने हो ।

उनका अनुसार दुई वर्षअघि बैकिङ तरलताका र डलर अभावका कारण झिलिमिली वत्तिको आयात र बजार निक्कै साँघुरिएको थियो । कोभिड, बैकिङ तरलता, रुस युक्रेन युद्धपछि आर्थिक गतिविधि कमजोर, नयाँ घर निर्माणमा सुस्तता र सर्वसाधारणको क्रयशक्ति कमजोरका कारण यो क्षेत्रले निरन्तर रुपमा बजार गुमाउँदै आएको छ ।

यो वेला खुद्रा व्यापारीसम्म करिब ८० प्रतिशत झिलिमिली बत्ती पुगिसक्नु पर्ने थियो । तर अहिलेसम्म खुद्रा व्यापारीले ५० प्रतिशतको हाराहारीमा मात्रै यस्ता बत्ती उठाएको देवकोटाको भनाई छ । खुद्रा बिक्रेताले थोरै परिमाणमा वत्ति उठाएका कारण धेरै बत्ती बिक्री नभएर मौज्दात बस्ने उनले बताए ।

बजारमा कस्ता कस्ता झिलिमिली र बजार मूल्य

महासंघका अनुसार यो वर्ष बजारमा थोक मूल्य १ सय ३० देखि ३० हजार रुपैयाँसम्मको झिलिमिली वत्ति उपलब्ध छन् । बजारमा डिमाण्ड नहुँदा र पुरानै माल स्टकमा बसेका कारण यो वर्ष महासंघले गत वर्षकै मूल्यमा यस्ता बत्ती बिक्रीमा राखेको छ ।

देवकोटाका अनुसार अधिकाँश उपभोक्ताले सबैभन्दा बढी लहरे झिलिमिली बत्ती नै खरिद गर्न रुचाउछन् ।

तिहारको समयमा सबैभन्दा बढी झालर र लहरे बत्तीको प्रयोग हुने गरेको बताइएको छ ।

‘घरको अगाडिको भागलाई माथिदेखि तलसम्म छप्पकै छोप्ने गरी झालर र लहरे बत्ती र रोप लाइटको अत्याधिक बिक्री हुन्छ,’ देवकोटाले भने ।

यस्ता वत्तिलाई घर, पसल, कर्पोरेट हाउस, होटेल, रेष्टुँरा र सडकलगायतका स्थानमा झुण्ड्याएर र ओछ्याएर बालिने हुनाले बजारमा सबैभन्दा बढी यसैको कारोबार हुन्छ । लहरे झिलिमिली बत्ती विभिन्न डिजाइन, रंग, मोटाई र लम्वाईमा बजारमा उपलब्ध छन् । लहरे झिलिमिली वत्तिको सरदर आयु २ देखि ३ वर्षको हुन्छ ।

डिजाइनअनुसार सय वटा लिड बत्ती भएको सामान्य १० मिटरको लहरे झिलिमिली बत्तीलाई थोकमा १३० रुपैयाँ उपभोक्ता मूल्य तोकिएको छ । यस्तै २०० लिड भएको २० मिटर बत्तीको २५० रुपैयाँ मूल्य तोकिएको छ ।

दियो बत्तीको २ सय रुपैयाँ, बत्ती बल्ने लक्ष्मीको सानो फोटोलाई ४ सय रुपैयाँसम्ममा बिक्रि भइरहेको छ । झालर बत्तीको मूल्य ५० रुपैयाँदेखि ५ सय रुपैयाँसम्म तोकिएको छ ।

स्ट्रिप लाइट, पाइप लाइट, नेट झालर, दियो, लक्ष्मी गणेशको बल्ने मूर्ति, फोटो लगायतको माग तिहारमा अत्यधिक हुने गर्छ ।

लहरे झिलिमिली मुख्यगरी घर, पसल, कर्पोरेट हाउस, सडकमा झुण्डयाएर वाल्ने गरिन्छ । साढे २ तल्लाको घरमा १० मिटर र ३ देखि ५ तल्लाको घरलाई २० देखि ३० मिटरको लहरे झिलिमिली वत्तिले सजाएर बाल्न सकिने महासंघले जनाएको छ ।

यो बत्ती वाहेक बजारमा अत्यधिक बिक्री हुने बत्तीमध्ये रोप लाइट पनि हो । अलि बढि खर्च गर्नेहरुले रोप लाइट प्रयोग गर्न रुचाउँछन् ।

प्लास्टिकको सेतो ट्युवभित्र लिड वत्ति भएको भिलिमिली वत्ति नै रोप लाइट हो । ट्युवको मोटाई, लिड वत्तिको आकार र डिजाइन अनुसार प्रतिमिटर ७० देखि १ सय ७० रुपैयाँमा बजारमा रोप लाइट उपलब्ध छ । यो वत्तिको आयु सरदर ५ देखि ६ वर्षको हुन्छ ।

यसवाहेक बजारमा देवी देउताको फोटोमा जडित झिलिमिली बत्तीको व्यापार पनि उतिकै हुन्छ । अहिले बजारमा तेल विना बल्ने दियो पनि आएको छ ।

पछिल्लो समयमा यो दियो पनि निक्कै चर्चामा छ । दियो वाल्न तेल चाहिने भएपनि यो दियो वाल्न तेल चाहिदैंन् । दियोमा विजुली वत्ति जडान गरिएको छ । दियोमा तेलको स्थानमा पानी राखेपछि वल्ने यो बत्तीको विशेषता हो ।

८ सय रुपैयाँसम्ममा १२ वटा दियो बजारमा किन्न पाइन्छ । यसबाहेक बजारमा सयौं डिजाइन र आकार प्रकारको लिड बत्ती जडान भएको आकर्षक झिलिमिली बत्तीहरु आयातकर्ताले आयात गरेका छन्

महासंघकाअनुसार नेपालमा करिब ५ हजार व्यवसायीले विद्युतीय झिलिमिली वत्तिको व्यापार गर्छन् । राजधानीमा भने कोटेश्वर, बानेश्वर, महावौद्ध, असन, न्युरोडलगायतका स्थानमा यसको अत्याधिक व्यापार छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार ००:००  १० : ५५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping