१२ मा बिहे, १३ वर्षमा सन्तान: जोखिम मोलेर बच्चा जन्माउँदै बालिकाहरु « Eglish Khabarhub

१२ मा बिहे, १३ वर्षमा सन्तान: जोखिम मोलेर बच्चा जन्माउँदै बालिकाहरु


१६ कार्तिक २०८१, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

विराटनगर । गत वर्ष उत्तरी मोरङको याङशिलाकी १३ वर्षीया एक बालिकाले यहाँको नोवेल शिक्षण अस्पतालमा २ किलो ७ सय ग्रामको शिशुलाई सामान्य अवस्थामा जन्म दिएर सबैलाई अचम्मित बनाइन् । अस्पताल परिसरमा यो खबर सुन्ने जोकोहीले भनेका थिए, ‘कली युगको चमत्कार हो !’

गाउँकै १७ वर्षीय एक युवकसँगको प्रेम सम्बन्धपछि विवाह गरेर बालिकाले शिशुलाई जन्म दिएको प्रहरी पुष्टि गर्‍यो । हाल ती युवक जबर्जस्ती करणी मुद्दामा पुर्पक्षमा थुनामा छन् । बालिकालाई भने प्रहरीले अविभावकको जिम्मा लगायो । मोरङकै सीमावर्ती धनपालथान गाउँपालिका १ नोचाको ऋषीदेव समुदायकी १४ वरषीया एक बालिकाले पनि गत साता विराट शिक्षण अस्पतालमा अढाई किलो तौलको शिशुलाई सामान्य अवस्थामा जन्म दिइन् ।

तर उनी र उनका परिवार प्रहरीको नजरमा परेनन् । यो पालिकाभर बालिका आमाहरुको संख्या प्रसस्त छ । न त त्यहाँ बालविवाह गर्नेलाई प्रहरीले पक्राउ नै गरेको छ । न कुनै सामाजिक संघसस्थाले बालविवाह नियन्त्रणमा सक्रियता नै देखाएका छन् । धनपालथानका ऋषीदेव, उराव, मुस्लिम र दलित बस्तीका हरेक घरमा बालिका आमा बग्रेल्ती भेटिन्छन् ।

धनपालथानकै अमाही वरियाती घर भएका मोरङ क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डल (जोगी) का अनुसार यो पालिकामा १२ वर्षका बालिका समेत गर्भवती भएको भेटिएका छन् ।

‘यस्तो समस्या खासगरी ऋषिदेव, मुस्लिम र दलित समुदायमा बढी पाइएको छ । तर यस्तो समस्या रोक्ने प्रयास भने नगरिएको होइन,’ मण्डलले भने, ‘गरिबी, अशिक्षा र सीमापारीको संगतले यहाँ यो विकृतीको अन्त्य हुन नसकेको हो । घर, परिवार र समाज सक्रिय भएर जनचेतना नफैलाएसम्म यहाँ यो समस्याको समाधान हुने स्थिति छैन ।’

धनपालथान १ नोचाको गडेरीयाको मुसहरी बस्तीकी १९ वर्षीा शारदा ऋषिदेवलाई आसपासका सबैले ‘बच्ची आमा’ अर्थात् बालिका आमाको नामले चिन्छन् । १५ वर्षमा मागी बिहे गरेकी उनका यतिबेला तीन र एक वर्षका दुई सन्तान छन् ।

कलिलै उमेरमा बच्चाकी आमा बनेकी उनी हाल स्वास बढ्ने र गुप्ताङकबाट रगत बग्ने स्वास्थ्य समस्याबाट पीडित छिन् । उनकी आमा लिलम ऋषिदेवको पनि १८ वर्षमा विवाह भएको थियो । ३९ वर्षीया निलमका शारदासहित चार सन्तान छन् । हाल उनी पनि शारीरिक रुपमा कमजोर छिन् । भन्छिन्, ‘शरीर काँप्छ, ढाड दुख्छ, हातखुट्टा चलाउन गाह्रो हुन्छ, काम गरिखान मुस्किल परेको छ ।’

सोही ठाउँकी १८ वर्षीया लाली ऋषिदेवलाई पनि वरपरकाले बच्चा आमा नै भन्छन् । १६ वर्षको उमेरमा मागी बिहे गरेकी उनको पनि यसवेला डेढ वर्षको बच्चा छ । गडेरीया मुसहरी बस्तीमा ऋषिदेव समुदायका झण्डै ५० घर छन् । त्यहाँ मात्र १८ वर्षभन्दा कम उमेरका एक दर्जन बालिका आमा छन् ।

नोचा बजारकी न्यायकुमारी साहले आमा बावाको आँखा छलेर छिमेकी सुरज साहसँग १७ वर्षको उमेरमा प्रेम विवाह गरिन् । अहिले १९ वर्ष पुगेकी न्यायकुमारीको यसबेला डेढ वर्षकी छोरी छन् । तर पारिवारिक कलहका कारण उनी ६ महिनादेखि माइतीको शरणमा छिन् । पति र ससुराले दाइजो नल्याएको भन्दै उनलाई कुटपिट गरेर ६ महिनादेखि घरमा बस्न दिएका छैनन् । उनका अनुसार ५ लाख र मोटर साइकल नल्याएसम्म घरमा नआउनु भन्दै कुटपिट गरेर निकालेका हुन् ।

‘उसबेला छोरीलाई उमेर पुगेको छैन र विवाह नगर भन्दा मानिन,’ आमा अन्जुदेवीले भनिन् ‘यी दुईको प्रेम छुटाउन छोरीलाई लिएर ६ महिनासम्म भारतमा बसेँ । त्यसपछि विराटनगरमा डेरा लिएर बसेँ । तर छोरी मन्दिर जान्छु भन्दै डेरबाट भागेर आफैं विवाह गरी । अहिले दुख भोग्दैछे ।’

वडा अध्यक्ष खाजा हुसेनका अनुसार मुस्लिम समुदायमा १८ वर्षमुनि उमेरमा विवाह गर्ने चलन छ । तर यहाँको मुसहर बस्तीको ऋषिदेव समुदायले मुस्लिम समुदायको परम्परालाई जितेको छ ।

नेपालमा लुकेर भारत पुगेर पनि गर्छन् बालविवाह

यहाँको मुस्लिम समुदायमा हिजोआज बालविवाह निकै कम छ । तर यहीँको मुसहर बस्तीका हरेक घरमा बालविवाह छ । गाउँ र समाजले रोके पनि उनीहरु सीमावर्ती भारततर्फ पुगेर आफ्ना छोरीको विवाह १८ वर्ष उमेर नपुगी गर्दै आएका छन् ।

हुसेनका अनुसार नोचाका ऋषिदेव, मुस्लिम र अन्य समुदायमा अझै पनि लुकीछीपी बालविवाह अत्याधिक छ । स्थानीय समाजले बालविवाह रोके पनि गरिबी, अशिक्षा र प्रेमका नाममा १६ देखि १८ वर्ष उमेरका विवाह गर्ने प्रवृत्ति व्यापक छ ।

नोचा प्रहरी चौकीका एक प्रहरी सहायक निरीक्षकले भने नोचामा एसईई दिएपछि विवाह गर्न लायक ठान्ने अन्धविश्वास रहेको बताए । उनका अनुसार एसईई दिएपछि यहाँका किशोरीलाई परिवारले नै विवाह गरिदिने र केही प्रेमका नाममा भागी विवाहा गर्ने अन्धविश्वास बढ्दो छ । ‘प्रहरी र स्थानीय समाजले बालविवाह रोक्ने प्रयत्न गरे पनि उनीहरु सीमापारी पुगेर विवाह गरेर समाजलाई नै चुनौती दिँदै आएको अवस्था छ,’ ती प्रहरीले भने ।

धनपालथान ७ कदमाहको मुसहर बस्तीमा पनि घरैपिच्छे बालविवाह छ । वडा अध्यक्ष शन्तोशकुमार यादवले भने यहाँको करिब सय घर परिवार मुसहर बस्तीको ऋषिदेव समुदायमा दुई दर्जन बढी १८ वर्ष मुनिका बालिका आमा छन् । यहीँको मुस्लिम बस्तीमा पनि बग्रेल्ती बाल विवाह गरिएको छ ।

अध्यक्ष यादवका अनुसार मुसहर बस्तीकी आशा ऋषिदेवले आफ्नो तीन वर्षको छोराको जन्मदर्ता गर्न ल्याएकी थिइन् । तर उनकै उमेर १८ वर्ष मात्र देखियो । यादवले भने, ‘आमाको जन्मदर्ता गर्ने कि छोराको अन्योलमा परियो । एक वर्षको अवधिमा आशाको जस्तै सन्तानको जन्म दर्ता गराउने दर्जन बढी बच्चा आमा वडा कार्यालयमा आएका थिए । उनले भने कोही त आफ्नो उमेर १८ वर्ष नपुगेका बच्चा आमा ५ वर्षीय छोराको जन्मदर्ता गराउन आएका थिए ।’

स्थानीय तालेमुल कुरान मदरासका प्रिन्सिपल मोहमद अकवल रहिमानका अनुसार पछिल्लो पटक यहाँको मुसलमान समुदायमा परिवारबाट गराइने बालविवाह घट्दै गए पनि १८ वर्षमुनिका बालिकाले आफुखुसी विवाह गर्दा समाजमा बालविवाहको समस्या कायमै छ ।

धनपालथानको नोचा र कदमाहमा मात्र नभएर पूरै गाउँपालिकामा बालविवाह गर्ने र बच्चा आमा बन्ने क्रमले ग्रसित रहेको पालिका उपाध्यक्ष नसिमा वानोको भनाइ छ । ‘गरिबी, अशिक्षा र जनचेतनाको अभावमा धनपालथान बालविवाह र किशोरी आमाको केन्द्र नै बनेको छ । वानोले भनिन् ‘यहाँका हरेक वडा र बस्तीमा बच्चा आमा बग्रेल्ती छन् ।’

स्थानीय समाज, पालिका र विभिन्न संघसस्थाले बालविवाह रोक्ने अभियान सञ्चालन गरे पनि सीमावर्ती क्षेत्र, अशिक्षा र गरिबीका कारण सफल हुन सकेन । सुन्दा र देख्दा समेत उदेक लाग्दो यहाँ १३ र १४ वर्षका बालिका समेत गर्भवती हुने गरेका छन् ।

‘बालविवाह रोके पनि सीमापारी गएर गर्छन् । यस्तो रोग यहाँको दलित र मुस्लिम समुदायमा छ,’ उपाध्यक्ष वानोले भनिन् ‘त्यसलाई रोक्नका लागि पालिकाले यहाँका हरेक विद्यालयमा स्वास्थ्य र प्रजनन् शिक्षा सम्बन्धी नियमित कक्षा सञ्चालनको तयारी गरेको छ ।’

गाउँपालिका स्वास्थ्य शाखाको तथ्याङक हेर्ने हो भने चालु वर्ष १८ वर्षमुनिका १ सय ४३ जना गर्भवतीले पालिकाका स्वास्थ्य सस्थामा पहिलो गर्भ परीक्षण गरेका छन् । उनीहरु प्राय १६ देखि १८ वर्ष उमेरका छन् । ६८ जनाले १२ साताको गर्भ परीक्षण गराउँदा १ सय २३ जनाले चौथो पटक गर्भ परीक्षण गराएका छन् ।

यी त स्थानीय स्वास्थ्य संस्थामा आउनेको तथ्याङक हो । महाशाखाका एक अधिकारीले भने वाह्य स्वास्थ्य संस्थामा पुगेर गर्भ परीक्षण गराउने र बच्च जन्माउनेको यकिन तथ्यांक नै नरहेको बताए । पालिकाको तथ्याङक अनुसार गत वर्ष यो पालिकामा २० वर्ष मुनिका १ सय ४१ जना किशोरीले नर्मल अवस्थामा बच्चा जन्माएका थिए । किशोरी अवस्थामा बच्चा जन्माउन नसकेर अघिल्लो वर्ष एक किशोरीको ज्यान नै गएको स्थानीय निर्मल मण्डलले क्लिकमान्डुलाई बताए ।

घर परिवारले वास्ता नगर्दा र इन्टरनेट लगायतका प्रविधिका कारण बालवालिका आफुखुसी यौन सम्पर्क र बालविवाह गर्दा समाजमा बालिका आमाहरु बग्रेल्ती देखा पर्न थालेको नेपाल परिवार नियोजन संघका केन्द्रीय सदस्य सुवोध निरौलाको बुझाइ छ ।

पछिल्लो समय घरपरिवारबाट हुने बालविवाह घट्दो भए पनि बालबालिका आफैं बालविवाह गर्ने अनि प्रेमका नाममा यौन सम्पर्क गर्ने प्रवृत्ति विकास हुँदा बच्चाले बच्चा जन्माउने क्रम बढेको निरौलाको भनाइ छ । उनले भने धनपालथानमा परिवार नियोजनका अस्थायी साधनको प्रयोग अत्याधिक बढे पनि जनचेतनाको कमीले बालिका र किशोरी गर्भवती हुने क्रम नरोकिएको देखिन्छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार ००:००  १२ : ३२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping