पूर्वका उद्योगमा दैनिक ४ घण्टा अघोषित लोडसेडिङ, ६०% उत्पादन कटौती गर्न उद्योगी बाध्य « Eglish Khabarhub

पूर्वका उद्योगमा दैनिक ४ घण्टा अघोषित लोडसेडिङ, ६०% उत्पादन कटौती गर्न उद्योगी बाध्य


५ मंसिर २०८१, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

विराटनगर । नेपाल विद्युत प्राधिकरण भारत र बंगलादेशमा विद्युत निर्यात गर्न तल्लीन छ । पछिल्लो समय प्राधिकरणले ४० मेगावाट विद्युत बंगलादेश निर्यात ‘ब्रेक थ्रु’ गरेको छ । प्राधिकरणले अहिले २०० मेगावाटभन्दा बढी बिजुली निर्यात गरिरहेको छ । तर, प्राधिकरणले स्वदेशी ठूला स्टील उद्योगमा अघोषित लोडसेडिङ गर्दा उनीहरु उत्पादन कटौती गर्न बाध्य भएका छन् ।

सुनसरी मोरङ ‍औद्योगिक क्षेत्रमा स्टीलका आधा दर्जन ठूला उद्योग छन् । ति उद्योगले लामो समयदेखि अघोषित लोडसेडिङको मार भोग्दै आएका छन् । विद्युत् अभावकै कारण ति उद्योगले उत्पादन क्षमताको आधा पनि उत्पादन गर्न पाएका छैनन् ।

कम्तिमा १५ देखि २० मेगावाट विद्युत आवश्यक पर्ने ति स्टील उद्योगलाई विद्युत प्राधिकरणले हरेक दिन विहान ६ देखि ८ र साँझ ६ देखि ८ बजेसम्म औद्योगिक उत्पादन गर्न नभई बत्ती बाल्न र पंखा चलाउन मात्र विद्युत आपूर्ति गर्दै आएको छ ।

प्रिमियर स्टील उद्योगका सञ्चालक अनुपम राठीले भने, ‘अरु बेला पनि आवश्यकताअनुसार विद्युत आपूर्ति नहुँदा र नियमित ट्रिपिङ हुँदा उद्योगले क्षमताको आधा पनि उत्पादन गर्न पाइएको छैन ।’

प्रिमियर स्टील उद्योगलाई २० मेगावाट विद्युत आवश्यक पर्छ । तर प्राधिकरणले मुस्किलले ५-७ मेगावाट लो भोल्टेजमा आपूर्ति गर्दै आएको उनको भनाइ छ । ‘विद्युत अभावकै कारण दैनिक ५ सय टन उत्पादन गर्ने क्षमता भएको यो उद्योगले डेढ सय टनमात्र उत्पादन गर्दै आएको छ ,’ राठीले भने ।

यो औद्योगिक क्षेत्रमा प्रिमियर स्टीलसहित पशुपति आइरन, स्वस्तीक रोलिङ, कमला रोलिङ र हुलास स्टील उद्योग सञ्चालनमा छन् । विद्युत अभावकै कारण ति सबै उद्योगले क्षमताको आधा पनि उत्पादन गर्न पाएका छैनन् ।

मोरङ उद्योग व्यापार संघका अध्यक्ष समेत रेहका राठीले भने, ‘स्वदेशी उद्योगलाई आवश्यकता अनुसारको विद्युत आपूर्ति नगरेर विद्युत निर्यात गर्नु भनेको उद्योगीका लागि बत्ती मुनिको अध्यारो जस्तै भएको छ ।’

स्टील उद्योगको एउटा भट्टीमा कम्तीमा २० टन फलाम पगालिन्छ । फलाम पगाल्दै गरेको समयमा विद्युत आपूर्ति बन्द हुँदा त्यो पग्लिएको फलाम डल्लो बन्छ । ‘त्यो फलाम पुन पलागेर प्रयोग गर्दा प्रतिकिलो ३२ रुपैयाँ अतिरिक्त खर्च लाग्दा उद्योगको उत्पादन लागत हवात्तै बढेर जान्छ, ‘ राठीले भने, ‘विद्युतको समस्याका बारेमा हामीले सम्बन्धित निकायको प्रदेशदेखि केन्द्रसम्म गुनासो पोख्यौं, तर कहीँबाट पनि सुनुवाइ भएन ।’

पशुपति आइरन, स्वस्तिक रोलिङ, र हुलास स्टिल उद्योगको दैनिक उत्पादन क्षमता ३०० टन हो । तर ति कुनै पनि उद्योगले विद्युत अभावमा दैनिक १०० टन भन्दा बढी उत्पादन गर्न पाएका छैनन् । अर्का उद्योगी पवनकुमार सारडाले स्टील उद्योगहरुमा मात्र नभएर प्राधिकरणले अन्य उद्योगहरुमा पनि लोडसेडिङ गरिरहेको बताए । ‘औद्योगिक क्षेत्रका स्टील उद्योगले मात्र नभएर अन्य उद्योगले पनि विद्युत प्राधिकरणको अघोषित लोडसेडिङ र ट्रिपिङको मार भोग्दै आएका छन्’ उनले भने ।

प्राधिकरणले अघोषित रुपमा दैनिक पटक पटक गरेर औद्योगिक क्षेत्रमा ६ घण्टासम्म लोडसेडिङ र ट्रिपिङ गर्दै आएको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष समेत रहेका सारडाले भने, ‘अनियमित विद्युत आपूर्ति र ट्रिपिङका कारण यो औद्योगिक क्षेत्रमा स्टील उद्योगले ६० प्रतिशत र अन्य उद्योगले ३० प्रतिशतसम्म उत्पादन कटौती गरिरहेका छन् ।’ 

विद्युत प्राधिकरणले सुक्खा याममा सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगलाई सामाजिकसञ्जाल मार्फत विद्युत कटौती हुने सूचना सम्प्रेषण गर्दै दैनिक ८ घण्टासम्म विद्युत काट्दै आएको थियो । अहिले त्यो सूचना बर्गारै दैनिक ५-६ घण्टा विद्युत आपूर्ति बन्द गर्ने र लो भोल्टेज सप्लाई गर्दा उद्योग झन् मारमा परेको सारडाको गुनासो छ ।

सुक्खायाममा भने प्राधिकरणले सूचना निकालेर हरेक दिन बिहान ७ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ९ बजे सम्म औद्योगिक क्षेत्रमा विद्युत कटौती गर्दै आएको थियो । । करिडोरमा ६ सय भन्दाबढी साना ठूला उद्योग छन् ।

अनियमित विद्युत आपूर्तिले सबैभन्दा बढी फलाम र प्लाष्टिक उद्योग मारमा परेको उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी बताउँछन् ।

‘उद्योगमा यतिवेला पटक पटक गरेर दैनिक ५–६ घण्टा अघोषित लोडसेडिङ छ,’ उनले भने, ‘पटक पटक विद्युत आपूर्ति कटौती हुँदा उत्पादनको प्रक्रियामा रहेको कच्चा पदार्थ रिसाइकल गर्दा एक पटकमा २५ प्रतिशतसम्म उत्पादन लागतमा वृद्धि हुने गरेको छ ।’

सुनसरी-मोरङ औद्योगिक करिडोरभित्र कटहरी, बुढीगंगा र दुहबी करिडोर पर्छन् । ती क्षेत्रमा फरक फरक फिडरबाट विद्युत वितरण हुन्छ । राठीले भने, ‘प्राधिकरणले विद्युत भारत र बंगलादेश निर्यात गरेर स्वदेशी उद्योगमा अघोषित लोडसेडिङ गर्नु आश्चर्य चकित पार्ने विषय हो ।’

तर विद्युत प्राधिकरण कोशी प्रदेश प्रमुख उमेशकुमार झाले पूर्वमा कहीँ पनि लोडसेडिङ नभएको दाबी गरे । उनले उद्योगीले लोडसेडिङ छ भनेर प्राधिकरणलाई आरोप मात्र लगाएको टिप्पणी गरे । ‘कसैले लोडसेडिङ छ भन्छ भने त्यो आरोप मात्र हो,’ झाले भने, ‘इनरुवा–ढल्केबर ४०० केभी प्रसारण लाइन सञ्चालनमा आएपछि कोशी प्रदेशमा विद्युत आपूर्तिको समस्या नै छैन । यो प्रदेशमा अहिले ३ सय ५० मेगावाट विद्युतको माग हुँदा प्राधिकरणलाई ४०० मेगावाट भन्दाबढी उपलब्धता छ  । प्रसारण लाइन र पावर हाउसमै समस्या आउँदा केही समय आपूर्ति अवरुद्ध भएको हुन सक्छ ।’

उद्योग संगठन मोरङको एक अध्ययन अनुसार यो औद्योगिक करिडोरमा एकैदिन ६२ पटकसम्म ट्रिपिङ भएको थियो । ३३ केभी दुहबी, ११ केभी तरहरा, ११ केभी जुडी, ३३ केभी रघुपति जुटमिल्स र ११ केभी रानी क्षेत्रमा १५ दिन अध्ययन गर्दा एक दिनमा ६२ पटक समम ट्रिपिङ भएको पाइएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार ००:००  १० : २३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping