काठमाडौं । च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा आगामी सोमबारदेखि काठमाडौंको भृकुटीमण्डपमा एक दिने च्याउ मेला तथा परिकार महोत्सव आयोजना हुने भएको छ ।
च्याउ किसानहरूको जागरुकता, ब्यवसायिक उत्पादनद्वारा आत्मनिर्भरता भन्ने नाराका साथ मेला आयोजना हुन लागेको हो ।
च्याउ किसान र सरोकारवालाहरूको सहभागितामा प्रत्येक वर्ष पौष १५ गते बिभिन्न कार्यक्रमहरू सञ्चालन गरि मनाइँदै आइरहेकोमा यो वर्ष राष्ट्रिय च्याउ दिवसको अवसरमा एक दिने च्याउ परिकार मेला तथा प्रदर्शनी कार्यक्रम आयोजना गरिएको हो ।
महोत्सवको उदघाट्न कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गर्ने तय भएको छ । च्याउको विभिन्न परिकारको स्टल राख्ने व्यवस्था गरिएको छ ।
गोभ्रे, कन्ये, किङ्ग व्यस्टर र सिताके च्याउ उत्पादनको व्यवहारिक र प्रदर्शनीसहित च्याउसम्बन्धी ४० वटा स्टल राख्ने व्यवस्था गरिएको छ । च्याउका बिभिन्न परिकारहरूको बिभिन्न स्टल राख्ने व्यवस्था गरिएको छ ।
सोमबार बिहान ७ बजे कालिमाटी तरकारी तथा फलफूल बजारबाट भृकुटीमण्डप ठुलो चौरसम्म मोटरसाईकल ¥याली आयोजना पनि गरिएको छ ।
महोत्सवमा साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ ।
संघका अध्यक्ष सन्तोष कार्कीका अनुसार च्याउ एक प्रकारको ढुसी हो, तर सबै ढुसी च्याउ होइनन् । च्याउले आफ्नो खाना आफै बनाउन सक्दैन । च्याउ जरा र पात नभएको, पूmल नफुल्ने र आँखाले नदेखिने, मसिनो धागो जस्तो रेसाहरूले जेलिएर बनेका हुन्छन् ।
यी रेसाहरूलाई अंग्रेजीमा “माईसेलियम” भनिन्छ । यिनीहरू कुहिएको वस्तुमा, चिसो र ओसिलो ठाउँमा उम्रन्छन् । च्याउ अति नै पोषिलो र स्वास्थ्यवद्र्धक खाद्य वस्तु भएको कार्कीले जानकारी दिए ।
त्यसैले विश्वबजारमा यसको माग अत्यधिक रहेको छ । नेपालमा हाल गोभ्रे, कन्ये, सिताके, दुघे र राजा च्याउको ब्यवसायिक रुपमा खेति गरिदैं आएको छ ।
नेपालमा धेरै जातका च्याउहरू पाइन्छन् तर यसको अध्ययन अनुसन्धान र विकास भने भएको छैन । नेपालमा बहुमुल्य जातका च्याउहरूको उत्पादन र निर्यातको प्रयाप्त सम्भावना हुदाँहुदै पनि सरकारको यसतर्फ ध्यान पुग्न नसकेको कार्कीले बताए ।
नेपालमा हाल च्याउ खेतिमा करिब ३५,००० किसानहरू आवद्ध भएका छन् । नेपाल भरको बिभिन्न जातको च्याउ उत्पादन र यसको कारोबार वार्षिक करिब १५ अर्ब रुपैयाँ बराबरको छ ।
च्याउको बिउ उत्पादन गर्ने ल्याबको संख्या ६७ वटा रहेको छ । नेपालमा च्याउ भारतलगायत देशबाट बाट पनि आयात हुने गरेको छ ।
नेपालमा ४ लाख २० हजारदेखि अधिकतम ९ करोड ६१ लाख रुपैयाँबराबरको विभिन्न प्रकारका च्याउ आयात हुन्छ । आयात हुनेमा मुख्य गरी गोभ्रे र गोभ्रे च्याउ क्यानिङ च्याउ हुन् ।
नेपालमा च्याउको ईतिहास
नेपालमा प्राचिन समयदेखि च्याउको उत्पादन र उपभोग भएको पाइन्छ ।
कन्ये च्याउको उत्पादन र अनुसन्धान पश्चात् २०३०/३१ सालमा गोब्रे च्याउको खेती प्रविधि सम्बन्धि अनुसन्धान भएको थियोे । राष्ट्रिय कृषि अनुसन्धान परिषद् अन्तर्गत बाली रोग विज्ञान महाशाखाबाट च्याउ खेती प्रविधि सम्बन्धि अध्ययन सफल भएपछि
२०३७ सालबाट देशका विभिन्न स्थानका किसानलाई च्याउ खेती प्रविधि सम्बन्धि तालिम दिइएको पाइएको छ ।
२०३४/३५ सालबाट काठमाडौको बलम्बु, चापागाउ, दधिकोटहुंदै नेपालका बिभिन्न स्थानमा निरन्तर रुपमा च्याउखेती हुन सुरु भएको पाइन्छ ।
हाल नेपालको ७० जिल्लामा च्याउ खेती विस्तार भएको छ भने ४० जिल्लाहरूमा व्यावसायिक रुपमा च्याउ उत्पादन गर्ने किसानहरू रहेका छन् ।
SHARE YOUR THOUGHTS