मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओली भन्छन् : चारवर्षपछि नेपालको आफ्नै सेटलाइट हुन्छ, ऋण लिएर भएपनि रेल कुद्छ


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चारवर्षपछि नेपालको आफ्नै सेटलाइट हुने दाबी गरेका छन् ।

नेपाल उद्योग परिसंघको १५ औ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चारवर्षमा नेपालको आफ्नै सेटलाइट हुने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले चीनबाट आउने रेल ऋण लिएर भएपनि निर्माण गरिने बताए ।

ऋणमा जोखिम हुने भएपनि त्यसलाई न्यूनिकरण गरेपनि रेल बनाउन सकिने प्रधानमन्त्रीको भनाई छ ।

प्रधानमन्त्री ओलीले भारतसँगको विगतमा सम्बन्ध विर्गेपनि अहिले सुधार भएको र चीनसँग सम्बन्ध सुधार भएको दाबी गरे ।