चीनको माझी गाउँ, कसरी बन्यो दुनियाँ कै हार्डवेयर केन्द्र ? « Eglish Khabarhub

चीनको माझी गाउँ, कसरी बन्यो दुनियाँ कै हार्डवेयर केन्द्र ?



काठमाण्डौ । दक्षिण चीनको शेनजेन ४० वर्ष पहिले माझीहरुको गाउँ थियो । यहाँका मानिसहरु छिमेकी गाउँ हङकङ कामको खोजिमा जान्थे । सन् १९८० मा चीनियाँ नेता वेन शिआओपिङले शेनजेनलाई चीनको पहिलो स्पेशल इकोनोमिक जोन (एसईजेड) घोषणा गरे ।

शेनजेनको संग्राहलयमा राखिएका पुराना तश्वीरमा शेनजेनको खाली भ–ूभाग देख्न सकिन्छ । तश्वीरमा वेन शिआओपिङका निजी प्रयोगका सामानपनि राखिएका छन् । सन् ८० र ९० दशकमा शेनजेजनका साना उद्योगमा चीनका गरिब गाउँबाट मानिस कामदारको रुपमा ल्याइन्थ्यो ।

एसईजेडको घोषणापछि कर र श्रम कानूनको छुटका कारण यहाँ उद्योगहरु मौलाए, जसका कारण यो शहरलाई विश्वकै उद्योग ग्राम भन्न थालियो ।

आज चीनको शेनजेनलाई चीनको शिलिकन भ्याली र दुनियाँको हार्डवेयर केन्द्रको रुपमा चिनिन्छ । यो शहरलाई दुनियाँको सबैभन्दा कान्छो सहरपनि भनिन्छ । यो शहर इनाभेशन, प्रविधि, आटिर्फिसियल बौद्धिकता, स्टार्टअप्स र बायोटेकका लागि प्रख्यात छ ।

चीनियाँ तथ्याङ्क अनुसार यहाँको अर्थव्यवस्था हङकङ र सिङ्गापुरको अर्थव्यवस्था बराबर छ । यहाँको बन्दरगाह विश्वका व्यस्त कन्टेनर बन्दरगाह मध्ये एक हो । स्काईस्क्र्यापरका अनुसार विश्वका अग्ला १ सय भवन मध्ये ६ वटा भवन शेनजेनमा छन् ।

शेनजेनको स्काईलाईन, सफा हावा फराकिला सडक, विद्युतीय बस र कारले शेनजेनलाई पुरै चीन र एशियामा पृथक बनाएका छन । शेनजेनमा स्टार्ट अप शुरु गर्नेहरुका अनुसार यो शहर नयाँ व्यवसाय शुरु गर्नको लागि निकै सजिलो छ ।

शेनजेनको ह्वा छियाङ विश्वकै लागि इलेक्ट्रोनिक बजार हो । यहाँ हरेक प्रकारका इलेक्ट्रोनिक समाग्री उपलब्ध हुन्छन् । मोबाईल, ड्रोन, चिप्स, कम्पोनेन्ट जस्ता समाग्रीका लागि यो बजार प्रख्यात छ ।

सन् १९७९ मा ३० मिलियन डलरको अर्थव्यवस्था भएको यो शहर सन् २०१६ सम्म पुग्दा २ सय ५६ मिलियन डलरको अर्थव्यवस्था पुगेको छ । यही फाईदा देखेर भारतीय मोबाईल कम्पनी लाभालेपनि आफ्नो रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर यही शहरमा स्थापना गरेको छ ।

शेनजेनको एउटा रोचक विशेषता भनेको अफिस समयमा एक घण्टाको लागि आराम गर्न पाईन्छ । जसको लागि कम्पनीले एउटा सुत्ने कोठाको समेत व्यवस्था गरेको हुन्छ ।

४० वर्षको अन्तरालमा गाउँबाट उत्पादन केन्द्र बनेको यो शहरमा अवसर र लगानीको कुनै कमी छैन ।

(बीबीसी हिन्दीबाट)

Publish on: