बिराटनगर । ३३ किलो सुन तस्करी सनम शाक्य हत्यामा आरोपी भनिएका नेपाल प्रहरीका एसएसपी दिवेश लोहनी साधारण तारेखमा रिहा भएका छन् ।
उच्च अदालत मोरङले लोहनीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।
जिल्ला अदालत मोरङले सुन तस्करी र शाक्य हत्याकाण्डमा पुर्पक्षको लागि कारागार पठाएको उच्च अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको हो ।
उच्च अदालतका न्यायधीशद्घय नागेन्द्रलाभ कर्ण र शरद सुवेदीको सयुक्त इजलाशले एसएसपी लोहनीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।
गृहमन्त्रालयको छानबिन समितिले एसएसपी लोहनीलाई दोषी ठहर गरेको थियो । समितिले सुन काण्ठका वास्तविक नाइकेलाई पक्राउ भने गर्न सकेको छैन । समितिको म्याद सकिसकेका छ ।
SHARE YOUR THOUGHTS