काठमाडौं । सरकारले गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायलाई पदमुक्त गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले उपाध्यायलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
उपाध्यायलाई यसअघि पनि केपी ओली नेतृत्वको सरकारलाई हटाएको थियो । एकमुष्ट पूववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारमा नियुक्त भएका राजनीतिक नियुक्ती हटाउदा उपाध्यायलाई पनि हटाइएको थियो ।
उपाध्याय सर्बोच्च अदालतको अन्तरिम आदेशले पुर्नबहाली भएका थिए ।
उपाध्यायलाई महाप्रवन्धकबाट हटाउनको लागि सरकारले यसअघि स्पष्टिकरण सोधेको थियो ।
यस्तै सरकारले सरकारले सरकारी निकायमा अबदेखि विद्युतीय पत्राचार व्यवस्थापन निर्देशिका नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । जसले गर्दा सरकारी निकायमा विद्युतीय पत्राचारले पनि मान्यता पाउने छ ।
यस्तै मन्त्रीपरिषद्को बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले गर्न लागेको कतार भम्रणको स्विकृति दिएको छ ।
SHARE YOUR THOUGHTS