६ बैंकको नयाँ ब्याजदर, कुनको कति ? « Eglish Khabarhub

६ बैंकको नयाँ ब्याजदर, कुनको कति ?



काठमाडौं । सोमबारदेखि लागु हुनेगरी ६ वटा बैंकले नयाँ सार्वजनिक गरेका छन् ।

नयाँ ब्याजदर सार्वजनिक गर्ने बैंकमा बैंक अफ काठमाण्डू, सेन्चुरी, प्रभु, माच्छापुच्छ्रे, कृषि विकास र सनराइज बैंक रहेका छन् ।

बैंक अफ काठमाण्डूले मुद्दति निक्षेपमा ९.२५ प्रतिशत ब्याज दिने भएको छ । बैंकले बचतमा भने ५.५० प्रतिशत ब्याज दिने जनाएको छ ।

१०.६० प्रतिशत आधार दर रहेको बैंकले कर्जाको ब्याजदर ६ प्रतिशतसम्म हुने जनाएको छ ।

आइतबार बसेको बैंकर्स संघले ब्याजदरको विषयमा छलफल गरको थियो । उक्त छलफल लगत्तै सोमबार ६ वटा बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन ।

सेन्चुरी बैंकले मुद्दति निक्षेपमा ८.५० प्रतिशत दिने जनाएको छ ।

प्रभु बैंकले मुद्दति निक्षेपमा ८.५० प्रतिशत दिने भएको छ । दुई वर्ष वा सो भन्दा बढी नवीबरण गरेको खण्डमा ८.६० प्रतिशत दिने जनाएको छ । बैंकको बेसरेट ९.३७ प्रतिशत रहेको छ ।

यता माच्छापुच्छे« बैंकले मुद्दति निक्षेपमा ८.५० प्रतिशत ब्याज दिने भएका छन् । यस्तै सनराइजको पनि मुद्दति निक्षेपमा ८.५०, कृषि विकास बैंक ८.५० प्रतिशत ब्याज दिने जनाएका छन् ।

Publish on: