काठमाडौं । कैलाश विकास बैंक र सिरहाली सेवा समाज नेपाल काठमण्डौको सहकार्यमा सिरहामा दुईदिने निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।
सिरहा जिल्लाको कल्याणपुर नगरपालिका १२ स्थित बिष्णुचरण श्रेष्ठ मा.बि. को प्राङ्गणमा माघ १९ गते शनिबार र सिरहा नगरपालिका वडा नं. १ हाटबजार, दुर्गा मन्दिरको प्राङ्गणमा माघ २० गते आइतबार गरि दुईदिने निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको हो ।
२७ जना स्वास्थकर्मी सहितको टोली संलग्न उक्त स्वास्थ्य शिबिरमा करिब ३००० जना सर्बसाधारणले आफ्नो स्वास्थ्य परीक्षण गराई लाभान्वित भएको बताइएको छ । सो अबसरमा बिरामीहरुलाई आवश्यक औषधि पनि निःशुल्क बितरण गरिएको थियो ।
बैकले आगामि दिनहरुमा अन्य सामाजिक सेवाका कार्यहरु पनि गर्दै जाने कैलाश विकास बैकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।
SHARE YOUR THOUGHTS