कुन विकास बैंकको कति कमाए ? फेरि पनि मुक्तिनाथ नम्बर वान « Eglish Khabarhub

कुन विकास बैंकको कति कमाए ? फेरि पनि मुक्तिनाथ नम्बर वान



काठमाडौं । वाणिज्य बैंकहरुको अवस्था केहीको असाध्यै राम्रो भएपनि केहीको भने समस्यमा परिरहेको बेला केही विकास बैंकले भने ठूला बैंकलाई धक्का दिने गरी नाफा कमाएका छन् ।

विकास बैंकहरुले लगानीकर्तालाई समेत एकाध बाहेक धेरैले राम्रै नाफा दिएका छन् । चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण सार्वजानिक गरेका २५ विकास बैंकमध्ये मुक्तिनाथ विकास बैंकले सबैभन्दा बढी नाफा कमाएको छ ।

मुक्तिनाथले ६ महिनामा ४० करोड ४८ लाख रुपैयाँ नाफा कमाएको हो । गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा सो बैंकले ५३.१२ प्रतिशत बढी नाफा गरेको हो ।

त्यस्तै, गरिमा विकास बैंकले २७ करोड ९५ लाख, कैलाश विकास बैंकले २७ करोड ४६ लाख , ओम डेभलपमेन्ट बैंकले २४ करोड २ लाख नाफा गकमाएका छन् ।

त्यसैगरी, कैलाश विकास बैंकले २७ करोड ४६ लाख, ओम डेभलपमेन्ट बैंकले २४ करोड २ लाख, लुम्बिनी विकास बैंकले २३ करोड ४६ लाख, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १९ करोड ९० लाख नाफा गरेका छन् ।

त्यसैगरी गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २० करोड ४५ लाख रुपैयाँ नाफा कमाएको गण्डकी विकास बैंकले यो आर्थिक वर्षको पुस मसान्तसम्ममा २६ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ ।

यस्तै सांग्रिला विकास बैंकले १८ करोड ६९ लाख, ज्योति विकास बैंकले १७ करोड ४ लाख, कामना सेवा विकास बैंकले १३ करोड ८२ लाख नाफा गरेका छ ।

देवः विकास बैंकले १३ करोड २९ लाख, उक्सेल डेभलपमेन्ट बैंकले ८ करोड २५ लाख, कर्पोरेट डेभलपमेन्ट बैंकले ६ करोड ४६ लाख, सहयोगी विकास बैंकले ५ करोड ४ लाख, वेस्र्टन डेभलपमेन्ट बैंकले ४ करोड ७० लाख नाफा गरेका छन् ।

प्रकाशित विवरणअनुसार मितेरी डेभलपमेन्ट बैंकले ४ करोड ७० लाख , तिनाउ विकास बैंकले ४ करोड ७ लाख, मिशन डेभलपमेन्ट बैंकले ४ करोड ७ लाख,पूर्णिमा विकास बैंकले ३ करोड ६१ लाख, भार्गव विकास बैंकले ३ करोड ३१ लाख नाफा गर्दा सिन्धु विकास बैंकले २ करोड ६५ लाख नाफा गरेको छ ।

यस्तै कन्काई विकास बैंकले २ करोड ६२ लाख, हाम्रो विकास बैंकले २ करोड ४१ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकले १ करोड ४६ लाख नाफा गर्दा काबेली विकास बैंकले १ करोड ३ लाख मात्रै नाफा गरेको छ ।

मुक्तिनाथ विकास बैंकको कूल चुक्ता पूँजी ३ अर्ब ६ करोड ४७ लाख रहेको छ । यस्तै गरिमा विकास बैंकको २ अर्ब ७८ करोड ८३ लाख रहेको छ ।

यस्तै गण्डकी विकास बैंकको २ अर्ब ७५ करोड चुक्ता पूँजी रहँदा सांग्रिला डेभलपमेन्ट बैंकले २ अर्ब ६० करोड ६६ लाख, ज्योति विकास बैंकले २ अर्ब ५९ करोड ३६ लाख रहदा देवः विकास बैंकको २ अर्ब ५३ करोड ३६ लाख रहेको छ ।

सिन्धु विकास बैंक, कन्काई डेभलपमेन्ट बैंक र मितेरी डेभलपमेन्ट बैंकको भने समान ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । सबैभन्दा कम काबेली विकास बैंकको २८ करोड ४२ लाख मात्रै चुक्ता पूँजी रहेको छ ।

कूल १ अर्ब रुपैयाँभन्दा बढी चुक्ता पूँजी भएका बैंकको संख्या ११ रहेका छन् । त्यसमा १० वटा विकास बैंकको चुक्ता पूँजी २ अर्ब माथि छ ।

Publish on: