काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम बढेसँगै लगानीकर्ताहरुले राखेका कयौं माग पुरा हुने क्रममा रहेका छन् ।
उनीहरुको माग पुरा भएलगत्तै बजारमा आक्रमक सुधार आउने अपेक्षा भएपनि अहिले त्यो हुन सकेको छैन ।
यति बेला नियामक निकायले बैंकलाई ब्रोकर कम्पनीहरुलाई जिल्लामा शाखा खोल्न दिने, मार्जिन टे«डिङ कार्यान्वयन गर्ने, ५ रेटिङ भएका कम्पनीलाई साधारण सेयर जारी गर्न रोक लगाउने लगायतका काम गरिरहेका छन् । तै पनि बजारमा भने सुधार आउन सकेको छैन ।
बजारको सुधारका लागि लगानीकर्तालाई तत्काल चाहिएको अनलाइन पनि आईसकेको छ, तै पनि धितोपत्र बजारमा हरियो भने निकै न्यून मात्र देख्न थालिएको छ । यति बेला बजार सामान्य तरिकाले घटी रहेको छ ।
एकै पटक धेरै अंकले बजार घट्दा नेप्से घेर्न पुगीहाल्ने सेयर लगानीकर्ता एक अंकले बजार घट्दा कानमा तेल हालेर बसेको देखिन थालेको छ । हुन त बजार सामान्य घटबढ हुनु यसको शिद्दान्त नै भएपनि लगानीकर्ताहरुले बजार बढाउन कै लागि विभिन्न समयमा गरेको गतिविधिले यति बेला बजार दोहोरो अंकले बढनु पर्ने लगानीकर्ताहरुकै बुझाई छ ।
यति बेला बैंक तथा वित्तीय संस्थाहरुले धमाधम वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । उनीहरुले जारी गरेको वित्तीय विवरणमा पनि निरास हुनुपर्ने ठाँउ छैन । अधिकांशको नाफामा उल्लेख्य सुधार देखिएको छ । तै पनि लगानीकर्ताहरुमा उत्साह भने बजार प्रति न्यून बन्दै गएको छ ।
नेपाल इन्भेष्टर फोरमका निवर्तमान अध्यक्ष तथा सेयर बजारमा संस्थागत रुपमा ठूलो लगानी गरेको कम्पनी हाथवेका प्रवन्धक निर्देशक अम्बिका पौडेल विकास खर्च नबढ्दा सेयर बजार बढ्न नसकेको बताउँछन् ।
यति बेला सरकारले विकास बजेट खर्च गर्न नसकेको र राजश्वमा धेरै पैसा संचिती हुँदा त्यसको असर कतै त कतै सेयर बजारमा पनि परेको उनको तर्क छ । ‘बजारमा असर पर्नुमा विज्ञहरुको भनाईले पनि असर गरी रहेको छ’ उनले भने ‘विज्ञहरुले देशको अर्थतन्त्र खराब छ भनिदिएर पनि लगानकिर्ताहरु डराइरहेका छन्, त्यसको मनोवैज्ञानीक असर बजारमा परेको देखिन्छ ।’
पछिल्लो समयमा विभिन्न जलविद्युत लगायतका कम्पनीको साधारण सेयर (आईपीओ) आँउदा पनि बजार घटेको उनको बुझाई छ । पौडेलले भने ‘यति बेला जताततै बजार घट्यो भनेर चर्चा भइरहेको छ । यो बजार घटेको हैन, स्थिर बनेको हो, नियामक निकायहरुले बजारका लागि गर्नुपर्ने सुधारका काम नगरेका थिए भने बजार निकै घटने थियो, नियामक निकायले गरेको स्ुधारका कामले यतिबेला बजार स्थिर रहेको हो ।’
नेपाल पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेल बजारको विकासका लागि बैंकको ब्याजदर एकल अंकमा ल्याउनु पर्ने बताउँिछन । ब्याजदर बढी भएका कारण पनि बजारका सुधार आउन नसकेको तर्क छ । यस्तै लामो समयदेखि चर्चामा रहेको नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषलाई मार्केट मेकरको रुपमा ल्याउने चर्चा छ । दुवै कोषलाई बजारमा भित्र्याउन सकेको खण्डमा बजारमा सुधार आउने उनको तर्क छ ।
साताको पहिलो दिन दोहोरो अंकको गिरावट
साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) आइतबार कारोबार मापन गर्ने नेप्से परिसूचक १२. ०५ अंकले घटेर १ हजार १२७.५३ बिन्दुमा झरेको छ । यो दिन ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.४० अंकले घटेर २४०.२१ बिन्दुमा आइपुगेको छ ।
१६० कम्पनी ७ लाख ८२ हजार ४७७ कित्ता सेयर २३ करोड ५१ लाख ९४ हजार ८८३ रुपैयाँमा किनबेच भएको छ ।
कारोबारमा १० वटा उपसमूहको कारोबार हुँदा सबैको सेयर मूल्य घटेको छ । सबै भन्दा बढी जीवन बीमा १६०.२६, निर्जीबन बीमा ११०.०८, जलविद्युत २६.१८, माइक्रोफाइनान्स १५.७१, विकास बैंक, १४.६८, होटल ११.६८, बैंकिङ समूह ६.७२ बिन्दुले घटेको छ ।
यो दिन कारोबार रकमका आधारमा माच्छापुच्र्छे र्बैक अगाडी रहेको छ । बैंकको १ करोड ४० लाख २२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । आइतबार विजय लघुवित्त, होल्टी होटल,भागर्व विकास बैंक,कालिका लघुवित्तका लगानीकर्ताले कमाए भने गुमाउनेमा श्री इन्भेष्टमेन्ट फाइनान्स,सामुदायीक लघुवित्त, जोशी हाईड्रोपावरका लगानीकर्ता रहेका छन् ।
SHARE YOUR THOUGHTS