धितोपत्र बोर्डले १० कित्ते नीति हटाउँदै, अब कति पुग्ला ? « Eglish Khabarhub

धितोपत्र बोर्डले १० कित्ते नीति हटाउँदै, अब कति पुग्ला ?


२९ पुस २०८१, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल धितोपत्र बोर्डले साधारण सेयर (आईपीओ)मा आवेदन दिँदा हाल कायम रहेको १० कित्ते नीतिलाई हटाउने निश्चित भएको छ ।

बोर्डका पूर्व अध्यक्ष रेवत बहादुर कार्कीले सुरु गरेको १० कित्ते नीतिलाई हटाउन लागिएको हो । त्यसका लागि सेबोनले गत साता धितोपत्र दर्ता तथा निष्कासन नियमावलीको संशोधनका लागि समिति गठन गरेको छ ।

गत साता नियमन विभाग प्रमुख मुक्तिनाथ श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । हाल आईपीओमा न्यूनतम १० कित्ता आवेदन दिन सकिने व्यवस्था छ । बोर्ड निकट उच्च स्रोतका अनुसार अब न्यूनतम ५० कित्ता आवेदन दिन मिल्ने गरी नियमावली संशोधन हुनेछ ।

समितिले साधारण सेयर (आईपीओ) का सम्बन्धमा रहेको कानूनी व्यवस्थालाई संशोधन गर्ने, अहिले देखिएका केही समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्ने, धितोपत्र बजारलाई दीर्घकालसम्म व्यवस्थित बनाउने गरी समितिले सुझाव दिने बताइएको छ ।

समितिमा श्रेष्ठका साथै कानून विभागका उप कार्यकारी निर्देशक निरन्जय घिमिरे, नियमन विभागका उप कार्यकारी निर्देशक अम्बिका गिरी, निर्देशक रेवत श्रेष्ठ लगायत रहेका छन् ।

समितिले सुझाव तयार पारेर सेबोनको बोर्ड बैठकमा पेश गर्ने र बोर्डले पारित गरेपछि स्वीकृतीका लागि अर्थमन्त्रालय हुँदै मन्त्रिपरिषदमा पठाइने छ । मन्त्रिपरिषदले पारित गरेपछि कार्यान्वयका लागि अर्थ मन्त्रालयले सेबोनमा पठाउने छ । त्यसपछि कार्यान्वयमा जाने छ ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार ००:००  ५ : ३३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping