काठमाडौं । बैंकहरुले धमाधम आफ्नो वासलातको आकार बढाइरहेका छन् । दुई वर्ष अघिसम्म एक खर्ब निक्षेप पुर्याउने एउटा पनि बैंक थिएनन् । तर, अहिले ११ बैंकले १ खर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेका छन् ।
पुँजी बढेसँगै बैंकहरुले व्यवसाय पनि बढाएका छन् । यद्यपि पुँजी वृद्धिको अनुपात थेग्न सक्नेगरी व्यवसायको वृद्धि नभएको बैंकरहरुको गुनासो छ ।
एक वर्षको अवधिमा खर्बमाथि निक्षेप संकलन गर्ने ५ बैंक थपिएका छन् । अबको १ वर्षपछि भने १० वटा बैंकले खर्बमाथि निक्षेप पुर्याउने देखिन्छ । खर्बमाथि निक्षेप पुगेपछि बैंकहरुको नाफा पनि अर्बमाथि भएको छ ।
पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक नेपालमा भएका बैंकहरुमध्ये सबैभन्दा बढी निक्षेप संकलन गर्ने बैंक हो । वाणिज्य बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १ खर्ब ८१ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । एक वर्षको अवधिमा बैंकले साढे ३२ अर्ब अर्थात् २२ प्रतिशतले निक्षेप बढाएको छ ।
त्यसैगरी, दोस्रो बढी निक्षेप संकलन गर्ने बैंक हो एनआइसी एशिया बैंक । एनआइसी एशियाले चालू आर्थिक वर्षको पुस मसान्तसम्मा १ खर्ब ७५ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यो बैंकले एक वर्षको अवधिमा ५५ अर्ब २९ करोड अर्थात् ४६ प्रतिशतले निक्षेप बढाएको हो ।
पछिल्ला दुई वर्ष आक्रम बजार बिस्तारमा उत्रिएको एनआइसी एशिया निजी क्षेत्रद्वारा प्रवद्र्धित बैंकमध्ये सबैभन्दा बढी निक्षेप संकलन गर्ने बैंक बनेको छ ।
सबैभन्दा बढी नाफा कमाउने नविल बैंक निक्षेप संकलनका हिसाबले भने तेस्रो नम्बरमा छ । नविलले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १ खर्ब ४९ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । एक वर्षको अवधिमा बैंकले २८ अर्ब ९ रोड अर्थात् २३ प्रतिशतले निक्षेप बढाएको हो ।
त्यसैगरी, गत वर्ष सबैभन्दा बढी निक्षेप संकलन गर्ने निजी क्षेत्रको बैंक नेपाल इन्भेष्टमेन्ट बैंक यो वर्ष भने पछि परेको छ । बैंकले यो आर्थिक वर्षको पुस मसान्तसम्ममा १ खर्ब ४२ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । एक वर्षको अवधिमा बैंकले १२ अर्ब २६ करोड अर्थात् साढे ९ प्रतिशतले निक्षेप बढाएको हो ।
त्यसैगरी, गत वर्षको भन्दा २० अर्ब ८७ करोड रुपैयाँ अर्थात् २० प्रतिशतले निक्षेप बढाउँदै एभरेष्ट बैंक धेरै निक्षेप संकलन गर्ने बैंकको सूचीमा पाँचौं स्थानमा परेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ खर्ब २४ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
त्यसैगरी, १ खर्ब १३ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गर्दै ग्लोबल आइएमइ बैंक छैठौं स्थानमा छ । यो आर्थिक वर्षको पुस मसान्तमा बैंकले गत वर्षको पुस मसान्तको भन्दा १२ अर्ब ९६ करोड बढी अर्थात् १३ प्रतिशतले निक्षेप बढाएको छ ।
कृषि विकास बैंकले पहिलोपटक खर्ब बढी निक्षेप संकलन गरेको छ । एक वर्षको अवधिमा १२ अर्ब अर्थात् १२ प्रतिशतले निक्षेप बढाउँदै बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १ खर्ब १० अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
त्यस्तै, सिद्धार्थ बैंक, हिमालयन बैंक, नेपाल बैंक र प्रभु बैंक पनि खर्ब माथि निक्षेप संकलन गरेका छन् ।
सिद्धार्थ बैंकले गत वर्षको पुसको भन्दा यो पुसमा २० अर्ब ८१ करोड अर्थात २४ प्रतिशतले बढाएर १ खर्ब ६ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
त्यसैगरी, हिमालयन बैंकले एक वर्षको अवधिमा साढे १३ अर्ब अर्थात् साढे १४ प्रतिशतले बढाएर १ खर्ब ६ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
त्यस्तै, एक वर्षको अवधिमा १३ अर्ब ७८ करोड अर्थात् १५ प्रतिशतले बढाएर नेपाल बैंकले १ खर्ब ५ अर्ब ६७ करोड रुपैयाँ निक्षेप पुर्याएको छ ।
त्यसैगरी, १८ अर्ब ८४ करोड अर्थात् २२ प्रतिशतले बढाएर प्रभु बैंकले १ खर्ब ४ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ ।
एक वर्षको अवधिमा १५ प्रतिशत अर्थात् १२ अर्ब ६६ करोड रुपैयाँले बढाए पनि नेपाल एसबिआइ बैंकले यो पुसमा एक खर्ब निक्षेप पुर्याउन सकेन । बैंकले ९७ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
त्यसैगरी, चालु आवको पुस मसान्तसम्ममा एनएमबि बैंकले ८८ अर्ब ७ करोड, सानिमा बैंकले ८५ अर्ब ६८ करोड, माछापुच्छ्रे बैंकले ८५ अर्ब १७ करोड, प्राइमले ७६ अर्ब ७२ करोड, सनराइजले ७६ अर्ब ६ करोड, लक्ष्मीले ७५ अर्ब ८९ करोड, कुमारीले ७५ अर्ब ४४ करोड, मेगाले ७० अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
त्यस्तै, जनता बैंकले ६८ अर्ब ४३ करोड, सिटिजन बैंकले ६५ अर्ब १२ करोड, एनसीसी बैंकले ६४ अर्ब ७१ करोड, सेञ्चुरी बैंकले ६४ अर्ब १२ करोड र एनबी बैंकले ५२ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
स्ट्यान्डर्ड चार्टर्ड, बैंक अफ काठमाडौं र सिभिल बैंकले भने चालू आर्थिक वर्षको पुस मसान्तको अपरिस्कृत वित्तीय विवरण सार्वजानिक गरेका छैनन् । मसान्त सकिएको ३५ दिनभित्र वित्तीय विवरण सार्वजानिक गर्नुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ ।
Bank | Poush 075/ | Poush 074 / | YOY Growth | |
Rastriya Banijya Bank | 181,596,629 | 149,104,329 | 32,492,300 | 21.79% |
NIC Asia | 175,764,356 | 120,467,013 | 55,297,343 | 45.90% |
Nabil | 149,382,011 | 121,289,801 | 28,092,210 | 23.16% |
Nepal Investment | 142,106,652 | 129,845,324 | 12,261,328 | 9.44% |
Everest | 124,177,926 | 103,299,183 | 20,878,743 | 20.21% |
Global IME | 113,175,953 | 100,216,310 | 12,959,643 | 12.93% |
Agricultural Dev | 110,132,753 | 98,173,412 | 11,959,341 | 12.18% |
Siddhartha | 106,384,918 | 85,566,023 | 20,818,895 | 24.33% |
Himalayan | 106,107,324 | 92,634,974 | 13,472,350 | 14.54% |
Nepal Bank | 105,678,286 | 91,898,690 | 13,779,596 | 14.99% |
Prabhu | 104,981,380 | 86,141,047 | 18,840,333 | 21.87% |
Nepal SBI | 97,837,621 | 85,169,260 | 12,668,361 | 14.87% |
NMB | 88,070,975 | 80,552,649 | 7,518,326 | 9.33% |
Sanima | 85,680,841 | 68,500,415 | 17,180,426 | 25.08% |
Machhapuchchre | 85,176,247 | 65,798,373 | 19,377,874 | 29.45% |
Prime | 76,727,057 | 71,060,891 | 5,666,166 | 7.97% |
Sunrise | 76,062,607 | 63,269,277 | 12,793,330 | 20.22% |
Laxmi | 75,894,566 | 60,279,392 | 15,615,174 | 25.90% |
Kumari | 75,448,539 | 57,849,357 | 17,599,182 | 30.42% |
Mega | 70,859,462 | 45,573,713 | 25,285,749 | 55.48% |
Janata | 68,438,423 | 52,801,374 | 15,637,049 | 29.61% |
Citizens | 65,124,281 | 58,464,929 | 6,659,352 | 11.39% |
Nepal Credit & Commerce | 64,717,387 | 59,152,766 | 5,564,621 | 9.41% |
Century | 64,127,818 | 52,177,173 | 11,950,645 | 22.90% |
Nepal Bangladesh | 52,471,689 | 41,974,650 | 10,497,039 | 25.01% |
Standard Chartered | ||||
Bank of Kathmandu | ||||
Civil | ||||
Total | 2,531,309,249 | 2,469,340,670 |
SHARE YOUR THOUGHTS