गण्डकी विकास बैंकले खोल्यो सैनामैनामा शाखा « Eglish Khabarhub

गण्डकी विकास बैंकले खोल्यो सैनामैनामा शाखा



गण्डकी विकास बैंकले रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ५, बुद्धनगरमा रहेको सैनामैना शाखाको औपचारीक समुद्घाटन गरेको छ ।

सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले सो शाखाको औपचारीक उद्घाटन गरे ।  मेयर चित्र बहादुर कार्कीले गण्डकी विकास बैंकले यस क्षेत्रका जनताको माग र चाहना अनुसार शाखा विस्तार गरी जनताको वित्तीय स्तरलाई उकास्ने अवसर प्रदान गरेकोमा खुशी व्यक्त गर्दै गण्डकी विकास बैंक जनमैत्री बनोस भन्ने शुभकामना दिए ।

बैंकले केन्द्रीय कार्यालयका साथै देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत बैकिङ सेवा उपलब्ध गराएको छ ।

बैंकले आ.व. २०७५/७६ को दोस्रो त्रैमासमा संचालन मुनाफा करिव रु. ४१ करोड आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप  २६ अर्ब १९ करोड र कर्जा तर्फ २३ अर्ब ३८ करोड पु¥याएको छ । साथै बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको छ ।

Publish on: