मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल आइएमई बैंकका ग्राहक र कर्मचारीले रेडियन्ट लाईफ केयरमा ५०% छुट पाउने


काठमाडौ । ग्लोबल आइएमई बैंक र भारतको नयाँ दिल्ली स्थित बि.एल.के. सुपर स्पेस्यालिटी हस्पिटल र भारतकै मुम्बई स्थित नानावती सुपर स्पेस्यालिटी हस्पिटलबीच हस्पिटलहरुले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौता भउको छ ।

बैंकले रेडियन्ट लाईफ केयरसँग आफ्ना ग्राहकलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको जनाएको छ ।

उक्त सम्भौतापत्रमा रेडियन्ट लाईफ केयरका व्यवसाय सञ्चालन प्रमुख सुनील कपुर र ग्लोबल आइएमई बैंकका तर्फबाट सहायक महाप्रबन्धक आरती राज्यलक्ष्मी राणाले हस्ताक्षर गरेका हुन ।

उक्त सम्झौता पश्चात भारतको नयाँ दिल्लीमा बि.एल.के. सुपर स्पेस्यालिटी हस्पिटल र मुम्बईमा नानावती सुपर स्पेस्यालिटी हस्पिटलमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा ५० प्रतिशत सम्म छुट पाउने छन् ।