३५ दिनभित्र अवैध हतियार बुझाउन सरकारको आग्रह « Eglish Khabarhub

३५ दिनभित्र अवैध हतियार बुझाउन सरकारको आग्रह




काठमाडौं । सरकारले अवैध रुपमा राखिएका हातहतियार ३५ दिनभित्र बुझाउन आग्रह गरेको छ ।

अवैध तथा दर्ता नभएका हातहतियार तथा खरखजना ३५ दिनभित्र जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनालाई बुझाउन नेपाल सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रवीधिमन्त्री गोकुल प्रसाद बास्कोटाले बताएका छन । ३५ दिन भित्र हतियार बुझाएका कुनै पनि सजाय नहुने समेत उनले प्रष्ट पारेका छन ।

उनले विप्लव समूहलाई ‘आपराधिक तथा विध्वंशकारी’ घोषणा गरी प्रचलित कानुन अनुसार कारबाही गर्ने निर्णय गरेको समेत जानकारी दिए।

बढदाे अातंककारी गतिविधिका कारणा  सकारले अवैध हातहतियार तथा खरखजना नियन्त्रणमा लिन सूचना जारी गर्ने निर्णय गरेको पनि उनले थप प्रष्ट पारेका छन ।

Publish on: